
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदशी मुद्राको विनियदर अनुसार अकेरिकी डलरको मूल्य स्थिर रहेको छ । त्यस्तै आज युरो र पाउण्डको विनिदर भने घटेको हो ।
आज एक अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा कायम भएको छ । अघिल्लो दिन डलर सोही मूल्यमा सटही भएको थियो । त्यस्तै युरोपियन युरो विनिमयदर घटेको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ २२ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८५ पैसा कायम भएको छ । अघिल्लो दिन युरो एकको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २९ पैसा रहेको थियो ।
त्यस्तै युके पाउण्ड स्टर्लिङको विनियमदर बढेको छ । आज पाउण्ड एकको खरिददर १७२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६३ पैसा कायम भएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिदर १७३ रुपैयाँ ५५ र बिक्रीदर १७४ रुपैयाँ ३२ पैसा रहेका थियो । त्यस्तै स्वीस फ्रयाङ्क एकको खरिददर १५२ रुपैयाँ ९० पैसा र बिक्रीदर १५३ रुपैयाँ ५८ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ १९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९६रुपैयाँ ९८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ ७१ पैसा र बिक्रीदर १०१ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिद दर ८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ८ रुपैयाँ ७९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८ रुपैयाँ ७१ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर ३ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३ रुपैयाँ ८९ पैसा, युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा, दक्षिण कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १२ रुपैयाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ २०पैसा र बिक्रीदर २९ रुपैयाँ ३५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७ रुपैयाँ ४० पैसा, कुबेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४४० रुपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३५७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ०५ पैसा तथा भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।













समाचार
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात
एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ
सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, १४ सय किलोमिटर सडक निर्माण
अमेरिकी आक्रमण भए निर्णायक जवाफ दिने तेहरानको चेतावनी
पुराणको रकमबाट घाट निर्माण
साढे १० लाख बढी कित्ता सेयर बिक्री गर्दै पञ्चकन्या पावर डेभलपमेन्ट
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
जीवन विकास लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल
कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन कार्यशाला गोष्ठी
नेष्डो समृद्ध लघुवित्तमा रोजारीको अवसर