
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र मेक्सिको सरकारका कृषि तथा ग्रामीण विकासमन्त्री जुलियो बर्डेगाबीच भेटवार्ता भएको छ । अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट)का महानिर्देशकको निमन्त्रणामा सिमिटका क्रियाकलाप अवलोकन तथा सिमिट र नेपाल सरकारबीच दिगो रुपमा मकै र गहुँमा आधारित बाली प्रणाली सुधार गर्न सम्भावित सहकार्यबारे छलफल गर्ने उद्देश्यका साथ नेपाली प्रतिनिधिमण्डलसहित मेक्सिकोमा रहेका मन्त्री अधिकारी र मेक्सिकोका मन्त्रीबीच भेट भएको हो ।
त्यस अवसरमा मन्त्री अधिकारीले सन् १९७५ नोभेम्बर २५ मा नेपाल र मेक्सिकोबीच द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर र मैत्रीपूर्ण रहेको उल्लेख गर्नुभएको उनको सचिवालयले जनाएको छ । दुई देशबीचको चार दशक लामो सम्बन्ध द्विपक्षीय र बहुपक्षीय मञ्चहरुमा विश्वास, समझदारी र सहयोगद्वारा प्रतिविम्बित भएको उल्लेख गर्दै मन्त्री अधिकारीले नेपाल सरकारले गहुँ र मकै जस्ता आधारभूत खाद्यान्नमा देशलाई आत्मनिर्भर बनाउने र औद्योगिक आवश्यकताका लागि यस्ता उत्पादनको माग पूरा गर्नेतर्फ काम गरिरहेको उल्लेख गरे ।
नेपाल सरकारले घोषणा गरेको कृषिमा लगानी दशक र यसका लागि द्विपक्षीय सहयोगलगायत विभिन्न क्षेत्रबाट कृषि क्षेत्रका लागि लगानी खोजी गरिरहेको जानकारी दिँदै मन्त्री अधिकारीले कृषिको क्षेत्रमा दुई देशबीचको सम्भावित सहयोग, सिमिटको नेतृत्वमा नेपालमा ‘मास एग्रो मोडल’ कार्यान्वयन र कृषि क्षेत्रमा सहकार्य बढाउन आग्रह गरे । मन्त्री अधिकारीले नेपाल सरकारका तर्फबाट मेक्सिकोका पर्यटकलाई भ्रमणमा नेपाललाई प्राथमिकतामा राख्न र नेपाली कृषि उत्पादन तथा अन्य व्यापारिक वस्तुमा प्राथमिकताका साथ बजार पहुँच उपलब्ध गराउन अनुरोध गरे ।
त्यस्तै मन्त्री अधिकारी र सिमिटका महानिर्देशक डा ब्राम गोभाएट्र्सबीच पनि भेटवार्ता भएको छ । भेटमा मन्त्री अधिकारीले नेपालमा मकै र गहुँको उत्पादकत्व बढाउन सिमिटको भूमिका निर्णायक रहेको र आगामी दिनमा नेपाल सरकारसँग संयुक्त रूपमा परियोजना प्रस्ताव विकास गर्न र गतिविधि सुरु गर्न आग्रह गरे ।
नेपालमा मकै र गहुँको उत्पादकत्व बढाउन सिमिटको भूमिका निर्णायक रहेकाले खाद्य उत्पादनमा बढ्दो चुनौतीहरूको सामना गर्न सिमिट जस्ता संस्थाबाट अझ बढी सहयोगको खाँचो आँैल्याउँदै मन्त्री अधिकारीले नेपालमा सिमिटको अझ बलियो उपस्थितिका लागि आग्रह गरे । सन् १९८५ बाट नेपाल सरकार र सिमिटबीच औपचारिक साझेदारी भए सन् १९६० देखि नै सहकार्य भइ आएको छ । सिमिटबाट विकसित गहुँको नयाँ जात जातको प्रयोगबाट नेपाल हरितक्रान्तिमा समाहित भएको थियो । समन्वयात्मक अनुसन्धानका प्रयासले नेपालको तराई क्षेत्र र पहाडमा मकै र गहुँको उत्पादकत्वलाई उल्लेखनीय रूपमा बढाएको छ ।













समाचार
पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १५ लाख धरौटीमा थुनामुक्त
मधेशको पछिल्लो घटनाबारे गृहमन्त्री र उद्योगमन्त्रीले गरे सांसदहरूसँग छलफल, कसले के भने ?
युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु
साँस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने
पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा मृत्यु भएका किलुको मंगलबार अन्त्यष्टि हुने
नेपालमा वैध रूपमा गरिएको लगानीको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो : अर्थमन्त्रीले
एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाट क्षमताको दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
इप्पानले बिधुत प्राधिकरणलाई पेश गर्यो १३ बुँदे माग
प्रधानमन्त्रीसँग चीनका राजदूत माओमिङको भेटवार्ता
माउण्टेन इनर्जीको सहायक कम्पनीले बनाउने ६५ मेगावाटको दूधखोलालाई जुट्यो १०.०१ अर्ब लगानी