
काठमाडौं । समता घरेलु लघुवित्तको एफपिओ आज (शुक्रबार) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार शुक्रबार बिहान ९ बजे क्यापिटलको कार्यालयमा एफपिओ बाँडफाँट हुने भएको हो ।
कम्पनीको एफपिओमा एफपिओमा माग भन्दा ६०.७८ गुणा बढी आवेदन परेको छ । माग भन्दा बढी आवेदन परेकाले कम्पनीको एफपिओमा आवेदन दिएकामध्ये १३ लाख ९९ हजार २९९ जनाको हात रित्तो हुने छ । सिडिएसका अनुसार एफपिओमा अन्तिम दिनसम्म १४ लाख ३४ हजार ३८९ जनाले आवेदन दिएका थिए । कम्पनीले ३ लाख ५० हजार ९०४ कित्ता एफपिओ जारी गरेको थियो । तर माग भन्दा बढी आवेदन पर्दा धेरैको हात खालि हुने भनएको हो ।
कम्पनीको एफपिओमा २ करोड १३ लाख २९ हजार ८९० कित्ताका लागि आवेदन परेको छ । जनु आवेदन मार्फत २ अर्ब १३ करोड २९ लाख ८९ हजार रुपैयाँ संकलन भएको हो । कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ लाख ५० हजार ९०४ कित्ता एफपिओको लागि आवेदन माग गरेको थियो ।
कम्पनीको एफपिओ ३५ हजार ९० जनाले १०/१० कित्ताका दरले एफपिओ हात पार्नेछन् । त्यसमध्ये ४ जनाले थप १ कित्ता सेयर पाउनेछन् ।
साबिकको मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेपछि प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम सेयर पुँजी संरचना अनुपात ६९.४८ प्रतिशत संस्थापकको र ३०.५२ सर्वसाधारणको कायम गर्न अपुग पुँजी पुर्याउन एफपिओ निष्काशन गरेको थियो ।












समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू