काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीकाले बैंक सफल बन्नका लागि कर्मचारी सन्तुष्ट हुनु पर्ने बताएका छन् । नेपाल बैंकको ८८ औं वार्षिकोत्सबमा समारोहमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
उनले कर्मचारीलाई प्रोत्साहन नगरेसम्म बैंक सफल हुन नसक्ने तर्क राखे । ‘बैक सफल हुनका लागि सन्तुष्ट कर्मचारी हुनुपर्छ । सफल कर्मचारी हुनुका लागि सन्तुष्ट ग्राहक हुनु पर्छ । कर्मचारीलाई प्रोत्साहन र सहजीकरण नगरेसम्म बैंक अगाडि बढ्न सक्दैन,’ उनले भने ।
त्यस्तै, गर्भनर अधिकारीले बैंक भित्रका कुराहरु बैंक भित्रै समाधान गर्ने समेत ब्यवस्थापन समितिलाई निर्देशन दिए । ‘आज बैंकको वार्षिकोत्सब कार्यक्रम हो । राम्रो–राम्रो कुराकानी र खुसीसाटा साटा गर्नु पर्छ । तर, बैंक भित्र रहेका युनियनले गरेको गुनासोमा म नियामकको तर्फबाट ध्यानाकर्षण भएको छ । बैंकको समस्या भित्रै सहजीकरण गरी समाधान गर्नुपर्छ,’ उनले भने ।
बैंकमा पछिल्लो समय खराब कार्य बढि रहेको विषयमा राष्ट्र बैंकको ध्यान गएको गर्भनर अधिकारीले बताए । उनले ग्राहकलाई समस्यालाई मध्यनजर गर्दै हामिले अध्ययन समेत गरी रहेका बताए । नेपाल बैंक धेरै दुःख गरेर रिकभर भएको बैक हो । सरकारले बाहिरि ऋण ल्याएर पनि यो बैंकलाई रिकभर गरेको उनको भनाइ थियो ।
त्यस्तै नेपाल बैंक प्रमुख कार्यकारी अधिकृत तिलख राज पाण्डेले व्यवसायीहरुको लगानि वृद्धि गर्न यो समय उत्तम रहेको बताएका छन् । ‘लगानीकर्तालाई लगानी गर्न बेला आएको छ । यो उत्तम समय हो । लगानिकर्ताले एकल अंकमा ब्याजदर खोजेका थिए । अहिले निरन्तर ओरालो लागिरहेको छ सोहि कारण पनि यो समय लगानी गर्न हो । बैकले पनि उधोग हरुलाई प्रोत्साहन दिने छौ,’ उनले भने ।
उनले बैकले अहिलेको मुख्य लगानी कृषि, हाइड्रोपावर र सरकारको विकास योजनामा रहेको बताए । ‘बैंकका युनियनसँग सहकार्य गरेर हामि बढ्छौ । कृषि, हाइड्रोपावरमा हाम्रो लगानी बढि छ । लोडसेडिङ अन्त्य गर्न हाम्रो हात छ । फाइल धितो राखेर हामिले लोन दिएका छौ । यसमा हामि गौरव गर्छौ,’ पाण्डेले भने ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह