९० मेगावाटको मर्स्याङदी अर्धजलाशययुक्त आयोजनामा ४ बैंकले १०.५० अर्ब लगानी गर्ने

काठमाडौं । ९० मेगावाट क्षमताको मर्स्याङदी अर्धजलाशययुक्त आयोजनामा ४ वटा बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् । गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहु जिल्लाको भानु नगरपालिका भएर बग्ने मर्स्याङदी नदीमा निर्माण हुने ९० मेगावाटको मर्स्याङदी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा ४ बैंक तथा वित्तीय संस्थाले १०.५० अर्ब रुपैयाँ लगानी गर्ने गरी वित्तीय व्यवस्थापनको टुङ्गो लागको हो ।

आयोजनामा कुमारी बैक लिमिटेडको अगुवाईमा लगानी सम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको हो । लगानी सम्झौता एम. ए पावर प्रा लि का अध्यक्ष अनुप आचार्य र कुमारी बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनालको उपस्थितिमा कुमारी बैक लिमिटेड, प्रभु बैक लिमिटेड, कृषि बिकास बैक लिमिटेड र सिद्धार्थ बैक लिमिटेडको संयुक्त लगानीमा हुने गरी ऋण सम्झौता गरियो हो ।

हाल ४ वित्तीय संस्थाबीच सम्झौता भए पनि केही समयभित्र अन्य बैक तथा वित्तिय संस्थाहरुले पनि लगानी गर्ने बताइएको छ । निर्माण अवधिको ब्याजसहित कुल २० अर्ब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी हुने जनाइएको छ । प्रवद्र्धक कम्पनीका अनुसार ऋण लगानी तर्फ कुमारी बैक लिमिटेडले ४ अर्ब, प्रभु बैक लिमिटेडले ३ अर्ब, सिद्धार्थ बैक लिमिटेडले २ अर्ब र कृषि विकास बैक लिमिटेडले १.५ अर्ब लगानी गर्नेछन् ।

स्वपुँजी लगानी तर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बरालको हुनेछ । डोल्मा इम्पाक्ट फण्डले पनि स्वपुँजी लगानी गर्न पूर्व आवश्यक Due Diligence Study अगाडी बढाएको कम्पनीका अध्यक्षले बताए । यही समुहबाट हाल सेतीखोला हाईड्रोपावर लिमिटेड सेतीखोला जलबिद्युत आयोजना २२ मे वा निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

आयोजनाको नेपाल विद्युत प्राधिकरणसँग २०८० साल कार्तिक १ गते विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई व्यपारिक उत्पादन शुरु गर्नु पर्ने मिति २०८६ साल बैशाख २२ रहेको छ । आयोजना प्राविधिक परामर्शदाता क्लिन इनर्जी कन्सलटेन्स प्रा लि रहेको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), विस्तृत इन्जिनियरिङ डिजाइन तथा ठेक्का सम्बन्धी कागजात तयारीको काम अन्तिम चरणमा रहेको छ ।

आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृतीका लागी सम्बन्धित निकायमा पेश भएको छ कम्पनीका अध्यक्षले बताएका छन् । आयोजनाबाट उत्पादित विद्युत् विद्युतगृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल बिद्युत प्राधिकरणको मार्किचोक सब–स्टेशनमा २२०÷१३२ केभी मा जोडिने छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार