
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बुधबार १६.४५ अंकले घटेर २६३२.९६ बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन सेन्सिटिभ इन्डेक्स १.८४, फ्लोट इन्डेक्स १.०२, र सेन्सिटिभ फ्लोट इन्डेक्स ०.५८ अंकले घटेको छ ।
३५१ वटा कम्पनीको ७६ लाख ९९ हजार २२७ कित्ता सेयर ४४ हजार ९४२ पटक खरिद बिक्रि हुँदा २ अर्ब ६७ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस दिन सबै उप समूह घटेका छन । बैंक ०.०९ प्रतिशत, विकास बैंक ०.७९, वित्तिय १.१३ , होटेल र पर्यटन १.१४, जलविद्युत ०.७२, लगानी ०.८१, जीवन बिमा ०.६९ , लघुवित्त १.१४ , म्युचुअल फन्ड ०.२४, निर्जीवन बिमा १.३९, भने उत्पादन र प्रशोधन १.१४ अन्य समुह ०.५१, व्यापार समूह ०.३२ प्रतिशतले घटेको छ ।
यस दिन टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावर, स्नो रिभर्स र धौलागिरी लघुवित्त वित्तीय संस्थाको को सेयर १५ प्रतिशतले बढेको छ । त्यस्तै, यस दिन कालिका लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब १३ प्रतिशत बढेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा यस दिन ग्लोबल आइएमई बैंक पहिलो स्थानमा रहेको छ। सो बैंकको यस दिन ८ करोड ८३ लाख ६२ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सोपान फर्मास्यूटिकल्सको करिब ९ करोड रुपैयाँको सेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम साढे ८ करोड रुपैयाँ नाघेको छ।
फेसबुक प्रतिक्रिया













समाचार
एशियन लाइफले कमायो साढे ४१ करोड नाफा, अधिकांश सूचकमा सुधार
सिटिजन्स बैंकको नाफा ६३ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?
२ प्रतिशतले बढ्यो रिलायबल नेपाल लाइफको नाफा, १७ अर्ब ९३ करोडको जीवन बीमा कोष
नेपाल इन्स्योरेन्सको नाफा १७ करोड, प्रतिसेयर आम्दानी कति ?
युनाइटेड अजोडको बीमा व्यवसाय मजबुत, एक वर्षमा कमायो ६ करोड बढी नाफा
सानिमा जीआईसी व्यवसाय विस्तारमा आक्रामक, यस्ता छन् अन्य सूचक
स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै
नेपाल–चीन सम्बन्ध सात दशकमा बृहत् साझेदारीमा विस्तार
चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित