
गोरखा । गोरखा नगरपालिका–४ फिनाम स्थित पिपलथोकमा रहेको नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाको नाममा रहेको भीमसेन पार्क आन्तिरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमा परेको छ । ऐतिहासिक जिल्ला गोरखा सदरमुकामदेखि झण्डै ४ किलोमिटर नजिक रहेको भीमसेन पार्कमा पर्यटकहरु गोरखा घुम्न आउने सबै पर्यटकहरु एकपटक भीमसेन पार्क आउने गरेको गोरखा नगरपािलका – ४ का वडाध्यक्ष लालप्रसाद भट्टाराईले जानकारी दिए ।
अहिले भीमसेन पार्क अवलोकन गर्न आउने पर्यटकको संख्या दिनहुँ बढ्दै गएको पाइएको वडा अध्यक्ष भट्टराइको भनाइ छ । ‘भीमसेन पार्कबाट गोरखा र धादिङ जिल्लाको सिमानामा रहेका गणेश हिमाल, मनास्लु हिमाल सजिलै देखिने भएकाले पनि पर्यटकहरु त्यस ठाउँमा बसेर आनन्द लिने गरेका छन्,’ उनले भने ।
भीमसेन थापा ऐतिहासिक ब्यक्तित्व भएकाले उहाँको इतिहास बुझ्न पनि आन्तरिक तथा बाह्य पर्यटकहरु भीमसेन पार्क पुग्ने गरेको इतिहासविद् तथा पूर्व उपप्राध्यापक यदु अधिकारी बताउँछन् । उक्त पार्कभित्र पिङ, भ्युटाबर, पिकनिक स्र्पोट, फोटोग्राफी जोन, बिच बिचमा पैदलमार्ग टिकट काउन्टर, फोहोर मैला फाल्ने डस्बिन, पार्किङ लगाएतका निर्माणले गर्दा पार्क चिटिक्कै बनेको छ ।
भीमसेन पार्कमा साउनदेखि कात्तिकसम्म २० हजार जनाले पार्क अवलोकन गरेका छन् । नेपालका प्रथम प्रधानमन्त्री तथा इतिहासका कुशल राजनेता हुन् भीमसेन थापा । राजा रणबहादुर शाहको प्रिय मित्र भएको पनि राजा रणबहादुर शाहले भीमसेन थापाको क्षमता देखेर तत्कालीन राजपरिवारले नेपालको मुख्तियार पदमा पु¥याएको इतिहासमा लेखिएको छ ।
भीमसेन थापाको बारेमा रणबहादुर शाहको भनाइ अहिले पनि प्रख्यात छ म मरें भने मुलुक डुब्ने छैन तर भीमसेन मरे भने मुलुक डुब्नेछ । भीमसेन थापा वि सं १८३२ पिता अमरसिहं थापा र सत्यरुपा माया थापाको कोखबाट गोरखाको पिपलथोकमा जन्म भएको इतिहासविद् अधिकारीको भनाइ छ । अहिले उक्त पार्कमा जनप्रतिनिधिदेखि विद्यालयमा पढ्ने विद्यार्थीहरु भीमसेन थापाको इतिहास बुझ्न गोरखा नगरपालिका ४ स्थित पिपलथोकको पार्कमा पर्यटकहरु पुग्ने गरेको स्थानीय मक्करबहादुर गुरुङले जानकारी दिए ।
भीमसेन पार्कमा विद्यार्थीको हकमा १० रुपियाँ र अन्य नेपालीको लागि २० रुपियाँ साथै विदेशी पर्यटकका लागि ५० रुपियाँमा टिकट काटेर पार्क घुम्न पाइने वडाध्यक्ष भट्टराईले बताए ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै