
दाङ । तुलसिपुर उपमहानगरपालिका वडा–७ मा रहेको गणेशपुर पार्कमा आन्तरिक पर्यटक बढेका छन् । मङ्सिर महिना सुरु भएसँगै पर्यटक बढेका हुन् । उद्यानको व्यवस्थापक खेमराज विश्वकर्माका अनुसार शनिबार मात्र पाँच हजार बढी पर्यटकले अवलोकन गरेका छन् । पार्कमा संरचना थपेसँगै पर्यटकहरु बढेका हुन् ।
पार्कमा डडेलधुरा, कैलालीबाट समेत अवलोकन गर्न आउने गरेको उनले बताए । पार्कमा डुङ्गा सञ्चालनमा ल्याएपछि थप पर्यटक बढेको उद्यान समितिका अध्यक्ष डिल्ली भण्डारीले बताए । पार्क संरचना निर्माणमा तीन वटै सरकारले बजेट व्यवस्थापन गर्दै आएको छ । पर्यटकीय गन्तव्यको रुपमा स्थापित उद्यानमा अहिले पर्यटकलाई आकर्षित गर्न डुंगा सयर पनि सञ्चालनमा ल्याइएको छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९–८० मा २५ लाख र २०८०–८१ मा २३ लाख तथा उद्यानको ६ लाखगरी ५४ लाखमा जलाशय निर्माण गरिएको छ ।
जलाशयमा चलाउन तुलसीपुर उपमहानगरपालिकाले दुईवटा फाइबर डुंगा उपलब्ध गराएपछि डुंगा सयर सञ्चालन गरिएको हो । जलाशयलाई डुंगा सयर मात्र नभएर माछापालन तथा पर्यटकले डुंगा सयर गर्दै माछा मार्ने (फिसिङ) सेवा पनि उपलब्ध गराइने उद्यानका अध्यक्ष डिल्लीराज भण्डारीले जानकारी दिए । ‘अबको केही दिनमा माछालाई खुवाउने चारो पनि यही पाइने व्यवस्था मिलाउँदैछौं । अहिले आउने पर्यटकले माछालाई चारो खुवाउँदै डुंगा सयर गर्नुहुन्छ । केही समयपछि फिसिङ सेवा सुरु गर्छौं । अहिले जलाशयमा चार जातका तीन हजार माछाका भुरा हालेका छौं’ उनले भने, ‘हाम्रो चाहना पर्यटकले भरपुर मनोरञ्जन लिन सकून् भन्ने हो ।’ यसबाट उद्यानलाई आम्दानी पनि हुन्छ । यहाँ आउने पर्यटकहरुको माग बढेपछि डुंगा सयर सञ्चालनमा ल्याएका छौं ।













समाचार
गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर ढल प्रशोधन
राष्ट्रियसभाको बैठक बस्दै
मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई आग्रह
गरिमा विकास बैंकले कमायो १ अर्ब ६८ करोड नाफा, अन्य सूचक कस्ता ?
नेपाल लाइफको बोनस सेयर डिम्याट खातामा जम्मा
धनुषामा गतआवमा ५७ किमी सडक ढलान
नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामै पुगिने
बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन
हर्मुज सम्झौताको नजिक इरान र ओमान, अमेरिकी–इरान वार्ता पनि अघि बढ्दै
२५२ प्रतिशतले बढ्यो लुमिबनी विकास बैंकको नाफा, इपीएस कति ?