
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अधिकांश विदेशी मुद्रको सहटीदर बढेको छ । आज पनि हिजा जस्तै डलर, युरो र पाउण्ड लगायत मुद्रको विनियदर बढेको हो ।
बिहीबार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ । अघिल्लो दिन पनि सोही दरमा डलरको सटही भएको थियो । त्यस्तै आज युरोको विनिमयदर घटेको छ । आज एक युरोको खरिददर १४२ रुपैयाँ १५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७८ पैसा कायम भएको छ । अघिल्लो दिन युरो एकको खरिददर १४२ रुपैयाँ २२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८५ पैसा रहेको थियो ।
केन्द्रीय बैंकका अनुसार आज पाउण्ड स्टर्लिङको मूल्य बढेको छ । आज पाउण्ड एकको खरिददर १७० रुपैयाँ ५४ पैसा तथा बिक्रीदर १७१ रुपैयाँ ३० पैसा कायम भएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १७० रुपैयाँ २५ पैसा तथा बिक्रीदर १७१ रुपैयाँ ०१ पैसा रहेको थियो ।
त्यस्तै आज केन्द्रीय बैंकले स्वीस फ्र्याङ्क एकको खरिददर १५२ रुपैयाँ १८ पैसा तथा बिक्रीदर १५२ रुपैयाँ ८६ पैसा कायम गरेको छ । त्यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६३ पैसा, बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३० पैसा तथा बिक्री दर ९६ रुपैयाँ ७२ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ ३४ पैसा तथा बिक्रीदर १०० रुपैयाँ ७९ पैसा कायम भएको छ ।
यस्तै आज जापानी येन १० को खरिददर ८ रुपैयाँ ६५ पैसा तथा बिक्रीदर ८ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा तथा बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ९० पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ०६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा तथा बिक्रीदर ३७ रुपैयाँ १३ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।
यस्तै थाईभाट एकको खरिददर ३ रुपैयाँ ८८ पैसा, तथा बिक्रीदर ३ रुपैयाँ ९० पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६९ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ १४ पैसा तथा बिक्रीदर ३० रुपैयाँ २७ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६५ पैसा तथा बिक्रीदर ९ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ ।
त्यस्तै स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २५ पैसा तथा बिक्रीदर १२ रुपैयाँ ३० पैसा, डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०६ पैसा तथा बिक्रीदर १९ रुपैयाँ १४ पैसा र हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३१ पैसा तथा बिक्रीदर १७ रुपैयाँ ३९ पैसा तय गरेको छ । यस्तै कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ १३ पैसा तथा बिक्रीदर ४४० रुपैयाँ ०८ पैसा र बहराइन दिनार एकको खरिददर ३५७ रुपैयाँ ५३ पैसा तथा बिक्रीदर ३५९ रुपैयाँ १२ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू