
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४८ रुपैयाँ १८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७० रुपैयाँ ०३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ २७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ०३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०८ रुपैयाँ २९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११५ रुपैयाँ ८५ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर ९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ४० पैसा र बिक्रीदर २१ रुपैयाँ ४९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४९ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३८ पैसा र बिक्रीदर ४० रुपैयाँ ५४ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर ४ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४ रुपैयाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ १८ पैसा र बिक्रीदर ४० रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ०९ रुपैयाँ ९३ पैसा , स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५ रुपैयाँ ८० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६६ पैसा र बिक्रीदर २२ रुपैयाँ ७६ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ ७२ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ६७ पैसा, बहराइन दिनार एकको खरिददर ३९० रुपैयाँ ९४ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ५३ पैसा, ओमनी रियाल एकको खरिददर ३८३ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ८८ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।













समाचार
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द
एनपिएल तेस्रो संस्करण कात्तिक दोस्रो साता सुरु हुने