
झापा । झापामा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा पुँजीगत खर्च निरासाजनक देखिएको छ । जिल्लामा ७.३४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको हो ।
कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका कार्यालय प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुुसार जिल्लाको पुँजीगततर्फ रु १० अर्ब २८ करोड चार लाख विनियोजन भएकामा कात्तिक मसान्तसम्म रु ७५ करोड ४८ लाख खर्च भएको छ । ‘चालुतर्फ विनियोजित रु १५ अर्ब ८८ करोड ३८ लाख ९२ हजार मध्ये २९ दशमलव २२ अर्थात् रु चार अर्ब ६४ करोड १७ लाख खर्च भएको छ’, उनले भने । समग्रमा चालु आब २०८१/८२ को कात्तिक मसान्तसम्म जम्मा २०.६३ प्रतिशत अर्थात् रु ५ अर्ब ३९ करोड ६५ लाख ६१ हजार खर्च भएको प्रमुख कोष नियन्त्रक भण्डारीले बताए । उनका अनुसार समयमै बजेट निकासा हुँदा पनि जिल्लास्थित संघीय कार्यालय तथा स्थानीय तहहरुले अपेक्षित पुँजीगत बजेट खर्च गर्न सकेन्न ।
कार्यालयको तथ्यांक अनुसार चालु आव २०८१/८२ को पहिलो चौमासिकमा जिल्लाभर रु ६ अर्ब एक करोड ९८ लाख ८६ हजार राजश्व संकलन भएको छ । सो अवधिमा सबैभन्दा धेरै मेची भन्सार कार्यालय काँकरभिट्टाले रु चार अर्ब ६२ करोड ८४ लाख राजश्व संकलन गरेको छ ।












समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि