
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ । सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई पोखरामा बयान सकिएकाले काठमाडौं ल्याउन लागिएको हो ।
कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौं ल्याउन लागिएको हो । बिहान ८ः४० मा बुद्ध एयर बाट लामिछानेलाई काठमाडौं ल्याउने तयारी छ ।
जिल्ला प्रहरी कास्कीका अनुसार स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि काठमाडौं ल्याउन लागिएको हो । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गत २ कात्तिकमा लामिछानेलाई काठमाडौंबाट पक्राउ गरिएको थियो । उनीमाथि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान भइरहेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु,एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
सुदूरपश्चिम प्रदेश सरकारको अपिलः सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राखौँ
अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि
‘ब्रड पिक’ हिमपहिरो: आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि
सवारी दुर्घटना गराउने आधाभन्दा बढी चालक २५ देखि ४० वर्ष उमेर समूहका
स्वास्थ्य बीमा बोर्डद्वारा विपन्न नागरिकको उपचारबापत करिब ३० करोड रुपैयाँ भुक्तानी
क्रेस्ट माइक्रो लाइफको अध्यक्षमा नेपाल नियुक्त
बागमती सफाइ अभियान : ६९०औँ हप्ता पूरा
सेबोनले पहिलोपटक सार्वजनिक गर्यो धितोपत्र वित्तीय सेवासम्बन्धी अवधारणापत्र, सुझाव माग
विश्व कीर्तिमानी किली पेम्बा शेर्पा : ब्रड पिकमा रोकियो साहसिक यात्रा