काठमाडौं । यो साता सुनको भाउमा ऐतिहासिक गिरावट देखिएको छ । यो साता सुनको मूल्य तोलामा १४ हजार ६०० रुपैयाँले घटेको हो । यो सातामा भएको सुनको मूल्यमा हालसम्मकै उच्च गिरावट हो ।
गत साताको शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यो साताको अन्तिम कारोबार हिजो (शुक्रबार) सुनको मूल्य तोलामा १ लाख ५० हजार ९०० रुपैयाँमा झरेको छ । सरकारले सुन आयातमा लाग्ने भन्सार शुल्क २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेपछि सुनको मूल्यमा उच्च गिरावट देखिएको हो । सरकारले भन्सार घटाए पछिको पहिलो दिन सुनको मूल्य तोलामा एकै दिन १५ हजार ९०० रुपैयाँले घटेको थियो ।
अर्कोतर्फ अन्तराष्ट्रिय बजारमा समेत सुनको मूल्य निरन्तर घट्दो क्रममा रहेकोले नेपालमा सुनको भाउ घट्दै गएको देखिन्छ । यता चाँदीको भाउ पनि प्रतितोला ९५ रुपैयाँले घटेको छ । गत साताको शुक्रबारसम्ममा १ हजार ९४० रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको मूल्य निर्धारण हुने अन्तिम दिन शुक्रबार घटेर १ हजार ८४५ रुपैयाँमा झरेको छ ।
सरकारले चाँदी आयातमा लाग्ने भन्सार शुल्क समेत १५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको थियो । सोही कारण चाँदीको भाउ घटेको हो । गत साता सुन र चाँदीको भाउ घटे पनि बजारमा सुनको आपुर्ति भने निकै कम रह्यो । भाउ घटेपछि बजारमा सुनको अभाव नै हुन पुग्यो । सुन व्यवसायीले ग्राहकको अर्डर नै लिन छोडेको अवस्था थियो ।













समाचार
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
डेढ महिनापछि टरिगाउँ विमानस्थलमा निगमको जहाज
वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा
बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने
विदेशबाट फर्किएका युवा भेडापालनमा
पौवादुङमामा किसान र पालिकाको साझेदारीमा ‘गाई–भैंसी पकेट कार्यक्रम’
आज प्रतिनिधिसभाको बैठक बस्दै
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन