
काठमाडौं । यो साता नेप्से परिसूचक साढे २ प्रतिशत बढेर बन्द भएको छ । गत साता २६८० दशमलव ४४ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता २.५२ प्रतिशत अर्थात ६७ दशमलव ६१ अंक बढेर २७४८ दशमलव ०५ विन्दुमा पुगेको हो ।
यो साताको ५ कारोबार दिनमध्ये तीन कारोबार दिन नेप्से बढेको थियो भने दुई कारोबार दिन नेप्से घटेको थियो । यस साताको पहिलो र अन्तिम कारोबार दिन नेप्से घटेको थियो । त्यस्तै यो साता सेन्सेटिभ इण्डेक्स ४ दशमलव ५३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३ दशमलव १० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव ६६ अंक बढेको छ ।
नेप्से बढेपनि यस साता कारोबार रकम भने घटेको छ । गत साता दैनिक औषतमा ९ अर्ब ३९ करोडको सेयर खरिदबिक्री भएको बजारमा यो साता दैनिक औषतमा ७ अर्ब ८८ करोडको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १६.०८ प्रतिशत घटेको हो । यस साता दैनिक औषत शेयर संख्या २५.२२ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १७.५२ प्रतिशत घटेको छ ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण भने करिब ७ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४२ खर्ब ६८ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ६.७५ प्रतिशत अर्थात २ खर्ब ८८ अर्ब रुपैयाँ बढेर ४५ खर्ब ५६ अर्ब पुगेको छ । विशाल बजार कम्पनीको संस्थापक सेयर सूचीकरण भएसँगै कुल बजार पुँजीकरण उच्च दरमा बढेको हो ।
यो साता १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ । यो साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक २०.९६ प्रतिशत बढेको छ । त्यस्तै, यो साता विकास बैंक र जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ । अंकका आधारमा पनि यस साता व्यापार उपसमूहकै परिसूचक सर्वाधिक ७३२ दशमलव ८२ अंक बढेको छ । गत साता ३४९६ दशमलव ३७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता ४२२९ दशमलव १९ विन्दुमा पुगेको छ ।
यो साता म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२३ प्रतिशत घटेको छ । गत साता २१ दशमलव ९१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यो साता ० दशमलव ०५ अंक घटेर २१ दशमलव ८६ विन्दुमा झरेको छ ।












समाचार
सेयर बजारमा करिब १३ अंकको सुधार, कारोबार ३ अर्ब ७५ करोड
सुप्रिम वाइन नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
नेशनल हाइड्रोको स्थगित साधारणसभा नयाँ मिति घोषणा
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर विक्रीमा
आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
होर्मुजमा जहाज आवागमन ठप्प प्रायः, समुद्री सुरक्षाका लागि साउदीको नयाँ पहल