
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार सेयर बजार करिब १० अंकले घटेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ९ दशमलव ९९ अंकले घटेको हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २७३८ दशमलव ०६ विन्दुमा पुगेको छ । कारोबार खुलेको केही समय पछि उच्च अंकले घटेको बजार अन्तिममा भने सामान्य घटेर बन्द भएको हो । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव २० अंकले घटेर ४७३ दशमलव ३० विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ३ वटाको सेयर मूल्य बढेको छ भने बाँकीको घटेको छ ।
आज सेयर बजारमा कारोबार बन्द हुँदा ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
परिसूचक घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । अघिल्लो कारोबार दिन ८ अर्ब ५४ करोड माथिको कारोबार भएको बजारमा आज ८ अर्ब ८३ करोड माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३१४ कम्पनीका १ करोड ६७ लाख ६७ हजार १६८ कित्ता सेयर ८२ हजार ६०२ पटक खरिद बिक्री हुँदा ८ अर्ब ८३ करोड २२ लाख २५ हजार ८९२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबार बन्द हुँदा सेयर बजारमा ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू