
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले तीन जना संस्थापक सेयरधनीहरूको नाममा रहेको सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले १७ हजार ३२७ कित्ता संस्थापक सेयर आम सर्वसाधारणका लागि लिलाम बिक्रीमा राखेको हो ।
कम्पनीले संस्थापक सेयरधनी विजय कुमार खेतानको नाममा रहेको ८ हजार १३ कित्ता, मनोज कुमार सिग्देलको नाममा रहेको ४ हजार ३१४ कित्ता र सरस्वती दुवाडीको नाममा रहेको ५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। कम्पनीले यस अघि विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने गरि ३५ दिने सूचना प्रकाशित गरेको थियो । त्यो समयमा रीतपूर्वक निवेदन प्राप्त हुन नआएकाले अब सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।
उक्त सेयर खरीद गर्न इच्छुक सर्वसाधारणले आवश्यक कागजात सहित कार्यालय समयमा काभ्रेपलाञ्चोकको बनेपा–५ स्थित कम्पनीको केन्द्रीय कार्यालयको प्रशासन विभागमा लिखित निवेदन दिनु पर्नेछ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व