
काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगामा मंगलवार सानदार जित निकालेको छ । शीर्षस्थानको बार्सिलोनाले उसकै मैदानमा मालोर्कालाई ५–१ ले हराउँदै दोस्रो स्थानको रियल म्याड्रिडसँगको अंक दूरीलाई पुनः बढाएको हो ।
बार्सिलोनालाई सहज जित दिलाउन राफिन्हाले २, फेरान टोरेस, फ्रेंक डि जोङ र पोउ भिक्टरले समान १ गोल गरे । मालोर्काका भेडाट मक्यूले १ गोल फर्काए । बार्सिलोनाले १२ औं मिनेटमा टोरेसको गोलमा अग्रता लियो । ४३ औं मिनेटमा भेडाटले गोल गरेपछि खेल पहिलो हाफमा १–१ को बराबरीमा टुंगियो ।
५६ औं मिनेटमा राफिन्हाले पेनाल्टीमा गोल गरेपछि बार्सिलोना पुनः अग्रता लियो । ७४ औं मिनेटमा लामिन यामलको पासमा राफिन्हाले अर्को गोल गरे । ७९ औं मिनेटमा डि जोङ र ८४ औं मिनेटमा भिक्टरले गोल गरेपछि बार्सिलोनाले सजिलै खेल जित्यो । बार्सिलोनाको १६ खेलबाट ३७ अंक भएको छ । २ खेल कम खेलेको रियलको ३३ अंक छ । १६ खेलमा २४ अंकसहित मालोर्का छैटौं स्थानमा छ ।













समाचार
सम्पदा र पर्यटन जोड्न नाट्टा हेरिटेज रन, पुरुषतर्फ रविन्द्र र महिलातर्फ सुजिनालाई उपाधि
२ महिनामै ९ अर्ब ७४ करोडको स्मार्टफोन आयात
पहिरोका कारण सडक प्रभावित, मनकामना दर्शन तथा केबलकार सेवा भने सञ्चालनमा
टीभीएसले ल्यायो देशकै पहिलो १५० सीसी हाइपर स्पोर्ट्स स्कुटर ‘एनटर्क १५०’
हिम्लुङ हिमाल बेसक्याम्पमा हिमपहिरो, उद्धार टोली घटनास्थलतर्फ
सुदूरपश्चिममा कमजोर बन्दै न्यून चापीय प्रणाली
नगर विकास कोष खारेज गरिँदै, एक खर्ब अधिकृत पुँजीको पूर्वाधार विकास कोष बन्दै
बाँकेमा अविरल वर्षाका कारण पाकेको धानबाली ढलेर क्षति, किसान चिन्तित
आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा रिहा