
काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो दुई महिनामै नेपालमा ९ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको स्मार्टफोन आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउन र भदौमा नेपालले ९ अर्ब ७४ करोड ३६ लाख रुपैयाँ बराबरका ४ लाख २५ हजार थान स्मार्टफोन आयात गरेको हो ।
गत आवको सोही अवधिमा भने ८ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ बराबरका ५ लाख थान स्मार्टफोन आयात भएका थिए। यस वर्ष स्मार्टफोनको आयात संख्या घटे पनि आयात मूल्य भने बढेको देखिन्छ ।
गत आवको पहिलो दुई महिनाको तुलनामा चालु आवमा स्मार्टफोन आयातको संख्या करिब ७५ हजार थानले घटेको छ । तर आयात मूल्य भने ८६ करोड ७७ लाख रुपैयाँले बढेको छ ।
यस आधारमा गत आवको तुलनामा चालु आवको पहिलो दुई महिनामा स्मार्टफोन आयातको औसत मूल्य बढेको देखिन्छ ।
फेसबुक प्रतिक्रिया













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद