
काठमाडौं । मनकामना पहुँच मार्गको दोस्रो घुम्ती मुनि पहिरो गएपछि मनकामना जाने सडकमा सवारी आवागमन केही प्रभावित भएको छ। यद्यपि, मनकामना मन्दिर दर्शन तथा केबलकार सेवा भने सञ्चालनमा रहेको जनाइएको छ।
पहिरोका कारण सवारी साधनलाई साविकको पार्किङ स्थलसम्म पुग्न रोक लगाइएको छ। पूर्वतर्फबाट आउने यात्रुका लागि राजमार्गको देब्रेतर्फ मुग्लिनतर्फ करिब ७० मिटर अगाडि वैकल्पिक पार्किङको व्यवस्था गरिएको छ। त्यहाँबाट पैदल मार्ग हुँदै अगाडि जान सकिनेछ।
मौसम अनुकूल हुनासाथ सडक मर्मत कार्यलाई तीव्रता दिइने जनाइएको छ। सडकमा समस्या भए पनि भक्तजनले मनकामना पुगेर दर्शन गर्न सक्ने र केबलकार सेवा सुरक्षित रूपमा सञ्चालनमा रहेको व्यवस्थापनले जनाएको छ। यात्रु तथा भक्तजनलाई आवश्यक सहयोग र समझदारीका लागि अनुरोध गरिएको छ।
फेसबुक प्रतिक्रिया













समाचार
सम्पदा र पर्यटन जोड्न नाट्टा हेरिटेज रन, पुरुषतर्फ रविन्द्र र महिलातर्फ सुजिनालाई उपाधि
२ महिनामै ९ अर्ब ७४ करोडको स्मार्टफोन आयात
टीभीएसले ल्यायो देशकै पहिलो १५० सीसी हाइपर स्पोर्ट्स स्कुटर ‘एनटर्क १५०’
हिम्लुङ हिमाल बेसक्याम्पमा हिमपहिरो, उद्धार टोली घटनास्थलतर्फ
सुदूरपश्चिममा कमजोर बन्दै न्यून चापीय प्रणाली
नगर विकास कोष खारेज गरिँदै, एक खर्ब अधिकृत पुँजीको पूर्वाधार विकास कोष बन्दै
बाँकेमा अविरल वर्षाका कारण पाकेको धानबाली ढलेर क्षति, किसान चिन्तित
आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा रिहा
तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन