
कैलाली । सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रमा सामान्यतया वर्षा भइरहे पनि ठूलो जोखिम भने टर्दै गएको छ । अत्तरियास्थित नेपाल मौसम विज्ञान फिल्ड कार्यालयका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव विस्तारै कमजोर बन्दै जाने क्रममा रहेकाले जोखिम पनि घट्दै गइरहेको छ ।
यही असोज ९ गतेदेखि लगातार वर्षा हुँदा यहाँको जनजीवन प्रभावित भए पनि ठूलो जोखिम भने टर्दै गएको छ । कार्यालय प्रमुख इन्जिनियर सञ्जयकमार साहले आज दिउँसोदेखि न्यूनचापीय प्रणाली विस्तारै कमजोर बन्दै गएकाले धेरै जोखिम नरहे पनि सतर्क रहनुपर्ने अवस्था भने कायमै रहेको बताए ।
आज दिउँसो तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहे पनि रातिदेखि प्रदेशभर मध्यम वर्षा मात्र हुने पूर्वानुमान रहेको उनले जानकारी दिए ।
आज दिउँसो प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा तथा एक वा दुई स्थानमा भारी वर्षाको पूर्वानुमान रहेको छ ।
आज रातिदेखि यहाँका हिमाली, पहाडी र तराई क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
आगामी बुधबार भने यहाँका सबैजसो स्थानमा मौसम आंशिक बदली रही केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने राति तराई क्षेत्रमा मुख्यतया सफा रहने पूर्वानुमान छ ।












समाचार
सम्पदा र पर्यटन जोड्न नाट्टा हेरिटेज रन, पुरुषतर्फ रविन्द्र र महिलातर्फ सुजिनालाई उपाधि
२ महिनामै ९ अर्ब ७४ करोडको स्मार्टफोन आयात
पहिरोका कारण सडक प्रभावित, मनकामना दर्शन तथा केबलकार सेवा भने सञ्चालनमा
टीभीएसले ल्यायो देशकै पहिलो १५० सीसी हाइपर स्पोर्ट्स स्कुटर ‘एनटर्क १५०’
हिम्लुङ हिमाल बेसक्याम्पमा हिमपहिरो, उद्धार टोली घटनास्थलतर्फ
नगर विकास कोष खारेज गरिँदै, एक खर्ब अधिकृत पुँजीको पूर्वाधार विकास कोष बन्दै
बाँकेमा अविरल वर्षाका कारण पाकेको धानबाली ढलेर क्षति, किसान चिन्तित
आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा रिहा
तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन