
तनहुँ । तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित भएका छन् । जिल्लाका १० पालिकाका ६४ हजार आठ सय ४२ दशमलव ४८ हेक्टर वन क्षेत्रबाट उनीहरू लाभान्वित भएके डिभिजन वन कार्यालयले जनाएको छ ।
वन कार्यालयका प्रमुख मनोज रानाभाटका अनुसार वन क्षेत्रबाट तीन लाख ७९ हजार सात सय १७ जना लाभान्वित भएका छन् । जिल्लाभर छ सय २४ सामुदायिक वन छन् ।
देवघाट गाउँपालिकाका ३९ वनबाट तीन हजार ३५६ परिवार, आँबुखैरेनी गाउँपालिकाका ३४ वनबाट तीन हजार ९९ परिवार, बन्दीपुर गाउँपालिकाका ३८ वनबाट चार हजार ५४९ परिवार, भानु नगरपालिकाका ९६ वनबाट १० हजार ३९० परिवार, व्यास नगरपालिकाका १०९ वनबाट १४ हजार २६४ परिवा लाभाविन्वत भएका छन् ।
यसैगरी, म्याग्दे गाउँपालिकाका ५३ वनबाट छ हजार ६५० परिवार, शुक्लागण्डकी नगरपालिकाका ८५ वनबाट नौ हजार ७७१ परिवार, भिमाद नगरपालिकामा ५० वनबाट चार हजार ६१६ परिवार, घिरिङ गाउँपालिकाका ४९ वनबाट चार हजार १९९ परिवार र ऋषिङ गाउँपालिकाका ७१ वनबाट सात हजार ७३ परिवार लाभान्वित भएका अध्यक्ष रानाभाटले जानकारी दिए ।
ती सामुदायिक वनबाट एक लाख २२ हजार ३९ दशमलव ९९ क्युफिट काठ र एक सय ६३ दशमलव ७६ क्युफिट अन्य वनजन्य वस्तु उत्पादन भएका छन् । सामुदायिक वनले स्थानीय समुदायको दाउरा, काठलगायत वन पैदावारको आवश्यकता पूरा गर्नाका साथै वन संरक्षण र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । वनबाट प्राप्त स्रोतको उपयोगसँगै वन संरक्षणमा स्थानीय उपभोक्ताको सहभागिता बढाउन सामुदायिक वन व्यवस्थापन प्रणाली प्रभावकारी माध्यम बनेको अध्यक्ष रानाभाटको कथन छ ।












समाचार
करेन्ट लागेर चितुवाको मृत्यु
पछिल्लो २४ घण्टामा सबैधन्दा धेरै वर्षा चितवनमा
सेनाको निष्कर्ष : सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय
आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) आजदेखि विधिवत् आरम्भ
अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द
कपिलवस्तुकाे भाइरल डाँडानजिक पहिरो जाँदा पूर्व- पश्चिम राजमार्ग अवरुद्ध
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ
तीन मनसुनी प्रणाली सक्रिय, यी स्थानमा भारी वर्षाकाे सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
अमुदी फुड्सको यात्रा : उत्पादन विविधीकरण, क्षमता विस्तार र आइपीओ योजनासँगै राष्ट्रिय खाद्य ब्रान्ड बन्ने लक्ष्य