
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको सुदुरपश्चिम क्षेत्रमा कार्यरत १६० जना ‘सीईओ क्लव सदस्य’ उपाधी प्राप्त उत्कृष्ट बीमा अभिकर्ताहरुलाई एक कार्यक्रममा बीच भव्य रुपमा सम्मानित गरेको छ । सुदुरपश्चिमको धनगढीस्थित होटल रुवसमा सुदुर पश्चिम प्रदेशबाट सीईओ क्लब सदस्यता प्राप्त गर्न सफल १६० जना भन्दा बढि अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीसहितका उच्च व्यवस्थापन टिमको उपस्थितिमा सम्मान कार्यक्रम गरिएको हो ।
सुदुरपश्चिम प्रदेशबाट आफ्नो व्यक्तिगत कोडको गरेको कूल व्यवसाय र आफू अन्तर्गतको टिममा गरेको कूल व्यवसायको आधारमा प्रथम, द्वित्तीय र तृत्तीय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो । कम्पनीले सुदुरपश्चिम प्रदेशबाट नेशनल रत्न हुने अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए । समारोहमा प्रमुख कार्यकारी अधिकृत खत्रीले ‘सीईओ क्लब’ र ‘नेशनल रत्न’ अन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरीय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै जाने कम्पनीको योजना अनुरुप सुदुरपश्चिम प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिएको बताए ।
अभिकर्ताहरु माझ लोकप्रिय रहेको कार्यक्रम चेयरपर्सन क्लब सदस्यता वितरणकै अनुशरण गरी सीईओ क्लब सदस्यता वितरण कार्यक्रमको धारणा ल्याइएको र यसबाट स–साना व्यवसाय गर्ने अभिकर्ताहरुलाई समेत समेटी आगामी दिनमा चेयरपर्सन क्लबमा पुराउने उदेश्य रहेको बताए ।












समाचार
सुपर मादी हाईड्रोपावरको नाफामा २७७ प्रतिशतको वृद्धि, ईपीएस सहित अन्य सूचक कस्ता ?
सरकारले विद्युत् महसुल समयानुकूल बनाउन पुनरवलोकन प्रक्रिया अघि बढायो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
भगवती हाइड्रोपावरको करिब ५८ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै
सन नेपालको बोनस र हकप्रद सेयरमध्येको ३ लाख ७७ हजार कित्ता सेयरको लकइन अवधि सकिदै
प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तयारी, धितोपत्र बोर्ड–एनआरएनबीच छलफल