
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा दुई सातामा ४ हजार २६९ वटा गुनासो प्राप्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पदभार ग्रहण गरे लगत्तै जनगुनासोको सुनुवाई र सम्बोधन गर्ने कार्यलाई तीव्रताका साथ अगाडि बढाउन मातहतका निकायलाई निर्देशन दिएका थिए ।
श्रेष्ठले गत १३ चैतमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । गूनासो सम्बोधन गर्न र विद्युत् सेवासम्बन्धी मन्त्रालयको हटलाइन नम्बर ११५१ लाई परिणाममुखी बनाइएको छ । दुई साताको अवधिमा उक्त हटलाइन नम्बरमा प्राप्त जनगुनासोलाई तत्काल सम्बोधन गरी शतप्रतिशत फर्छ्योट गरिएको पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयमा फोन मार्फत ४ हजार २४८ वटा, ह्वाट्सएप मार्फत १४ वटा, इमेल मार्फत २ वटा र हेलो सरकारबाट ५ वटा गरी कुल ४ हजार २६९ वटा गुनासो प्राप्त भएका हुन् । ऊर्जामन्त्री श्रेष्ठले दुई साताको कार्यप्रगति सार्वजनिक गर्दै सुशासन, पारदर्शिता र जवाफदेहितासहितको जनसहभागितामूलक विकास होस् भन्ने जनचाहना सम्बोधन गर्ने प्रयत्नमा रहेको बताएका छन् ।
विस्तृत अध्ययनबिनाका नयाँ–नयाँ आयोजना अगाडि सारेर देशमाथि थप वित्तीय दायित्व सिर्जना गर्ने भन्दा रुग्ण र अलपत्र परेका आयोजनालाई छिटो सम्पन्न गर्ने विषयलाई मन्त्री श्रेष्ठले आफ्नो प्रमुख कार्यदिशा बनाएको उल्लेख गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइको क्षेत्रलाई बलियो नीति र स्पष्ट कार्यदिशाले डोर्याउनुपर्ने उद्देश्यका साथ रूपान्तरणकारी नीति निर्माण गर्ने कार्यमा केन्द्रित रहँदै आएको पनि बताएका छन् ।












समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि