
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको सेयर मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले इन्स्योरेन्सको १४ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपश्चात इन्स्योरेन्सको सेयरमूल्य ४२८ रुपैयाँ ७७ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात माघ २४ गते दोस्रो बजारमा इन्स्योरेन्सको सेयर प्रतिकित्ता ४८८ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको थियो । समायोजित मूल्यका आधारमा आगामी आइतबार दोस्रो बजारमा इन्स्योरेन्सको सेयर कारोबार खुल्नेछ ।
इन्स्योरेन्सले फागुन ११ गते, आइतबार, अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट, बत्तिसपुतली, काठमाडौंमा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ ।











समाचार
करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन आह्वान
एक वर्षमा ३३३ उद्योग दर्ता
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु,एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
सुदूरपश्चिम प्रदेश सरकारको अपिलः सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राखौँ
अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि
‘ब्रड पिक’ हिमपहिरो: आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि
सवारी दुर्घटना गराउने आधाभन्दा बढी चालक २५ देखि ४० वर्ष उमेर समूहका
स्वास्थ्य बीमा बोर्डद्वारा विपन्न नागरिकको उपचारबापत करिब ३० करोड रुपैयाँ भुक्तानी
क्रेस्ट माइक्रो लाइफको अध्यक्षमा नेपाल नियुक्त
बागमती सफाइ अभियान : ६९०औँ हप्ता पूरा