
काठमाडौं । सेयर कारोबार हुने साताको अन्तिम दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन ४५ अंकले बढेको बजार आज ३३ अंकले घटेर बन्द भएको हो ।
सेयर बजारमा देखिएको सुधार एक दिन पनि नटिकेर ३३ दशमलव ४२ अंकले घटेर २६८२ दशमलव २९ विन्दुमा पुगेको हो । यो अघिल्लो दिनको तुलनामा १.२३ प्रतिशतको गिरावट हो । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ४४ अंकले घटेर ४५८ दशमलव २२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये २ वटाको सेयर मूल्य बढेको छ भने बाँकी ११ वटको घटेको छ ।
आजको कारोबार बन्द हुँदा सेयर बजारमा ४० कम्पनीको सेयर मूल्य बढेको छ भने २०४ कम्पनीको सेयर मूल्य घटेको छ । परिसूचक उच्च अंकले घटेको दिन कारोबार रकममा भने सामान्य सुधार आएको छ । अघिल्लो दिन ५ अर्ब भन्दा माथिको कारोबार भएको बजारमा आज ६ अर्ब माथिको कारोबार भएको छ ।
आज सेयर बजारमा ३०४ कम्पनीका १ करोड २३ लाख ७१ हजार ३१८ कित्ता सेयर ६७ हजार १२८ पटक खरिद बिक्री हुँदा ६ अर्ब १४ करोड ४० लाख ६५ हजार ७७४ रुपैयाँ बराबरको कारोबार भएको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह