
काठमाडौं । यो साता सुनको मूल्यमा १ हजार ९०० रुपैयाँले बढेको छ । गत साताको अन्तिम दिन प्रतितोला १ लाख ५० हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार प्रतितमोला १ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।
यो साता दुई दिन सुनको मूल्य घट्यो भने १ दिन स्थिर र ३ दिन बढ्यो । पछिल्लो समय घट्दो अवस्थामा रहेको सुनको मूल्य यो साता भने केही बढेको छ । सुनको मूल्य एकैपटक घटेपछि बजारमा सुन अभाव नै हुन थालेको थियो ।
तर अहिले बैंकहरुले आयात गरेको सुन धमाधम बजारमा जान थालेकोले सुनको आपूर्ति बढ्न थालेको छ । जसले गर्दा अब भने महासंघले तोकेका मूल्यभन्दा बढी तिर्नु पर्ने गरी भइरहेको कालोबजारी अन्त्य हुने व्यवसायीहरु बताउँछन् ।
यो साता चाँदीको भाउ भने घटेको छ । सातामा चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको हो । गत साताको अन्तिम दिन प्रतितोला १ हजार ८९० रुपैयाँमा कारोबार भएको चाँदी यो साताको अन्तिम दिन शुक्रबार १ हजार ८६० रुपैयाँमा झरेको छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व