
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको मूल्यअनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने पाउण्डको घट्दा युरोको बढेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९७ पैसा कायम भएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिदर १३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९७ पैसा रहेको थियो । त्यस्तै आज युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ १७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८० पैसा कायम भएको छ । अघिल्लो दिन युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६५ पैसा रहेको थियो ।
त्यस्तै युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँ ८३ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५९ पैसा कायम भएको छ । अघिल्लो दिन युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७१ रुपैयाँ २८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ०४ पैसा रहेको थियो । त्यस्तै आज स्वीस फ्रयाङ्क एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैया ३० पैसा तोकिएको छ ।
केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ १४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ १२ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ ३५ पैसा र बिक्रीदर १०० रुपैयाँ ८० पैसा निर्धारण गरेको छ ।
त्यसैगरी जापानी येन १० को खरिददर ८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८ रुपैयाँ ८५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३६ रुपैयाँ १९ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३० पैसा कायम गरिएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३ रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ४२ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा निर्धारण भएको छ । दक्षिण कोरियन वन १०० कोे खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १२ रुपैयाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७ रुपैया ४९ पैसा र कुवेती दिनार एकको खरिददर ४३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४४१ रुपैयाँ ७० पैसा, बहराइन दिनार एकको खरिददर ३५९ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३६० रुपैयाँ ६६ पैसा कायम गरेको छ ।
त्यसैगरी ओमनी रियाल एकको खरिददर ३५१ रुपैयाँ ६१ पैसा, बिक्रीदर ३५३ रुपैयाँ १७ पैसा तोकिएको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।












समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू