
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंगलबार नेको इन्स्योरेन्सलाई हकप्रद निष्कासनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई हाल कायम चुक्तापुँजीको १ः०.२५ अनुपातका दरले हकप्रद सेयर निष्कासनको अनुमति दिएको हो ।
मंगलबार नेको इन्स्योरेन्सले अनुमति पाएसँगै कुल ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँको हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५० लाख ३० हजार ९०१ कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ । कम्पनीले हकप्रद निष्कासनका लागि प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ ।
नेपाल बीमा प्राधिकरणको चुक्ता पुँजी बृद्धि गर्न दिएको निर्देशनबमोजिम कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतका दरले हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो । कम्पनीको हकप्रद सेयर निष्कासनपश्चात २ अर्ब ५१ करोड रुपैयाँ चुक्तापुँजी पुग्ने भएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह