
पोखरा । नेपालमा बीवाईडी एम ६ को मंगलबार पोखरामा ग्रान्ड लन्चिङ भएको छ। पोखराको फेवातालको सिरान चंखपुरमा मंगलबार बीवाईडी अटो इन्डस्ट्री कम्पनीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपालमा ७ सिटर एम ६ सार्वजनिक गरेको हो। हट एयर बेलुनमा उडेर बीवाईडी एम ६ को ग्रान्ड लन्चिङ गरिएको थियो।
अन्तर्राष्ट्रिय हट एयर बेलुन महोत्सवस्थलमा भएको ग्रान्ड लन्चिङ कार्यक्रममा देशभरका डिलरबाट बुकिङ भएका गाडी पोखराबाट ग्राहकलाई हस्तान्तरण गरिएको थियो। पर्यटकीय राजधानी पोखराबाट बीवाईडी ६ सार्वजनिक गर्न पाउँदा खुसी लागेको साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बताइन्।
सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले बीवाईडी एम ६ अतुलनीय कम्पर्ट, परफर्मेन्स र सस्टेनेबिलिटी प्रदान गर्ने गरी डिजाइन गरिएको बताए। बीवाईडी एम ६ को प्रारम्भिक मूल्य ५८ लाख ९० हजार रुपैयाँ तोकिएको छ। बीवाईडी एम ६ गाडीको केही समय अगाडिबाट बुकिङ सार्वजनिक गरिएको थियो। ग्लोबल वामिङको असर नेपालका हिमालमा पनि परिरहेको अवस्थामा विद्युतीय गाडीको प्रयोग महत्त्वपूर्ण हुने श्रेष्ठले बताए। यस ब्रान्डका गाडीको बुकिङ उत्साहजनक देखिएको कम्पनीले जनाएको छ।
नेपालकै सबैभन्दा भर्सटाइल र इको फेन्ड्ली यसका ब्रान्ड अविश्वसनीय मूल्यका साथ प्राप्त गर्न सकिएकोले नेपाली बजारमा थप लोकप्रिय हुने कम्पनीले विश्वास लिएको जनाएको छ। नेपालकै पहिलो प्रिमियम ७ सिटर इलेक्ट्रिक एमपीभीको नेपाली बजारमा लोकप्रिय बनेको बताइएको छ। विशेषगरी पर्यटन व्यवसायीको रोजाइमा यो गाडी परेको पनि कम्पनीले जनाएको छ। पारिवारिक र व्यापारिक दुवै प्रयोजनका लागि यी गाडी उपयुक्त देखिएको पनि श्रेष्ठले बताए।
बीवाईडी एम ६ मा मुख्य रूपमा अतुलनीय कम्फर्ट, ७ प्रिमियम सिट, प्यानोरामिक ग्लास रुफ र ५८० लिटर सम्मको प्लेक्जिबल लगेज क्यापासिटीको स्टोरेजले एम ६ मा गरिने यात्रा कम्फर्ट हुने बताइएको छ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह