
वालिङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीस्थित कालीगण्डकी मत्स्य ह्याचरीले यस वर्ष आठ लाखभन्दा बढी माछाका भुरा उत्पादन तथा वितरण गरेको छ ।
नेपाल विद्युत् प्राधिकरण कालीगण्डकी ए जलविद्युत् परियोजनाअन्तर्गत ह्याचरी मिर्मीले कालीगण्डकी नदीसहित आँधीखोला तथा आसपासका खोलामा छाड्ने गरी भुरा उत्पादन गरी वितरण गरेको हो । परियोजना सञ्चालन भएसँगै नार्कसँगको सहकार्यमा विभिन्न जातका माछाका भुरा उत्पादन गरी वितरण गर्न थालिएको परियोजना प्रमुख राजबाबु महर्जनले बताए । नदी तथा खोलामा पर्यावरण सन्तुलनलाई कायम राख्नका लागि परियोजनाको जलायश तथा त्यससँग प्रभावित अन्य खोलाहरूमा भुरा छाडिदै आएको उनले बताए ।
ह्याचरीले विगतका वर्षमा जस्तै यस वर्ष पनि विभिन्न प्रजातिका आठ लाख २२ हजार माछाका भुरा उत्पादन गरी मागका आधारमा वितरण गरिएको कालीगण्डकी मत्स्य ह्याचरीका संयोजक डोलराज न्यौपानेले जानकारी दिए । उनका अनुसार ह्याचरीमा उत्पादन भएकामध्ये यस वर्ष कालीगण्डकी जलविद्युत् परियोजनाको जलाशय मिर्मी आँधीमुहानमा तीन लाख ८० हजार, बिरुवा गाउँपालिकाअन्तर्गतका खोला आसपासमा ८७ हजार पाँच सय, अर्जुनचौपारी गाउँपालिकाअन्तर्गत दरौँ खोला र आसपासका खोलामा ५० हजार, रुरु हाइड्रोपावर क्षेत्रमा ४२ हजार पाँच सय माछाका भुरा वितरण गरिएका छन् ।
ह्याचरीले स्थानीय जातका हाडे, गर्दी, सहर, कत्ले, हाडेसहित पोखरीमा पाल्नका लागि कमनकार्पलगायत माछाका भुरा उत्पादन तथा वितरण गर्दै आएको छ ।













समाचार
नेपालीहरूको जीवन मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति
विद्युत् प्राधिकरणमा ५० हजार विद्युत् मिटर उपलब्ध, नयाँ जडानका लागि निवेदन दिन आग्रह
विश्वकप नकआउटमा आज आइभोरी कोस्ट र नर्वे भिड्दै
उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ
कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना
पाँच सय जनाले पाए सुधारिएको चुलो
सदर चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा
२४.६३ अंकले घट्यो नेप्से, साढे ५८ करोडले बढ्यो कारोबार रकम
केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन