
दाङ । घोराही उपमहानगरपालिका–१२ हापुरका जयबहादुर रोकाको बारीमा यतिबेला लटरम्मै गोलभेँडा पाकेको छ । बारीबाटै टमाटर बिक्री गर्न भ्याइनभ्याइ छ । विगत तीन वर्षदेखि व्यावसायिक गोलभेँडा खेती गर्दै आएका रोका व्यवसायप्रति सन्तुष्ट रहेको जानकारी दिएका हुन् ।भाउ पाएको समयमा उत्पादन गर्न सके गोलभेँडाबाट राम्रो आम्दानी हुने उनले बताए । ‘यस वर्ष समयमै उत्पादन गरेकाले बजारको समस्या छैन’, उनले भने ‘यही खेतीलाई निरन्तरता दिने सोचमा छु ।’ रोल्पा रुन्टिगढी गाउँपालिका–७ बाट यहाँ बसाइँ सरी आएका रोकाले रोल्पाकै एक सामुदायिक विद्यालयमा सात वर्ष कर्मचारीका रुपमा काम गरे ।
उनले १० वर्ष वैदेशिक रोजगारीमा मलेसिया बसेर फर्केका हुन् । हाल उनले गोलभेँडा बिक्री गरेरै खर्च कटाएर वार्षिक ७ लाख बचत गर्न सफल भएको बताए । वार्षिक १८ लाखको टमाटर बिक्री गरे पनि मल, बीउ, कामदार, जग्गा भाडालगायत सबै खर्च कटाएर त्यति बचत हुने गरेको उनको भनाइ छ । ‘१० जनालाई रोजगारी दिएको छु’, रोकाले भने ‘पहिले रोल्पामा पनि कृषि व्यवसाय गरेको थिएँ तर सडकको अवस्थाका कारण बजारीकरणमा समस्या थियो ।’
मङ्सिरसम्म थोकमा प्रतिकिलो ५० का दरले बिक्री गरेको र हाल भाउ घट्दै गएको उनले जानकारी दिए । उनले तीन बिघा जग्गा भाडामा लिएर गोलभेँडाखेती गरेका छन् । आफ्नो साढे १२ कट्ठा मात्रै जग्गा भएकाले बाँकी जमिन भाडामा लिएको उनले बताए । जग्गाको वार्षिक भाडा ९८ हजार तिर्ने गरेको बताए । परिवारमा आठ सदस्य छन् । टमाटरखेतीकै कमाईले छोराछोरीलाई शिक्षादीक्षा गराएका छन् । गत वर्ष रोग, किराले गोलभेँडा उत्पादन केही ढिला हुँदा घाटा व्यहोरेको भए पनि यस वर्ष आम्दानी सन्तोषजनक रहेको उनले बताए ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह