पाँच महिनामा वाणिज्य बैंकको नाफा साढे ३० अर्ब बढी

काठमाडौं । पाँच महिनामा २० वाणिज्य बैंकले साढे ३० अर्ब भन्दा बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरुले साउनदेखि मंसिरमसान्तसम्मा ३० अर्ब ५९ करोड ३१ लाख नाफा आर्जन गरेका हुन् ।

बैंकहरुले आर्जन गरेको नाफा गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा ७.८४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको मंसिर मसान्तसम्ममा बैंकहरुले २८ अर्ब ३६ करोड ७८ लाख रुपैयाँ नाफा कमाएका थिए । राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको साउनदेखि मंसिससम्ममा सबैभन्दा बढी नाफा आर्जन गर्नेमा नबिल बैंक अग्रस्थानमा रहेको छ । नविल बैंकले आफ्ना नाफा १७.७८ प्रतिशतले बढाएर ३ अर्ब ४९ करोड ७४ लाख रुपैयाँ पु¥याएको छ ।

सर्वाधिक नाफा आर्जन गर्ने बैंकको दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकको नाफा ३.५३ प्रतिशतले बढेर २ अर्ब ८३ करोड ४४ लाख रुपैयाँ रहेको छ । त्यस्तै नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले २ अर्ब ४९ करोड १० लाख रुपैयाँ नाफा कमाएर तेस्रो स्थान ओगटेको छ ।
त्यस्तै यो अवधिमा लक्ष्मी सनराइज बैंकले १ अर्ब ९९ करोड ३० लाख रुपेयाँ नाफा कमाएर चौथो स्थानमा पर्न सफल भएको छ । पाँच महिनाको अवधिमा प्राइम कमर्सियल बैंक १ अर्ब ९६ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेर गरेको छ । एभरेष्ट बैंकले यो अवधिमा १ अर्ब ९४ करोड रुपैयाँ नाफा कमाएको छ भने एनआईसी एशिया बैकले सो अवधिमा ६३ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै मंसिर मसान्तसम्ममा कुमारी बैकले ८२ करोड ७४ ला रुपैयाँ नाफा कमाएको छ भने हिमालयन बैंकले १ अर्ब ३३ करोड बढी नाफा कमाएको छ । त्यस्तै, एनएमबिले बैंकले पाँच महिनामा १ अर्ब ९० करोड रुपैयाँ नाफा कमाएको छ भने प्रभु बैंक लिमिटेडले १ अर्ब ८३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । मंसिर मसान्तसम्ममा स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएको छ । यो अवधिमा नेपाल एसविआई बैंककले १ अर्ब ३४ करोड रुपैयाँ नाफा कमाउन गर्न सफल भएको छ ।

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको नाफा पहिलो पाँच महिनामा ८६ करोड ७१ लाख रुपैयाँ रहेको छ । सिटिजन्स बैंकले पाँच महिनामा ६९ करोड ४९ लाख रुपौयाँ नाफा कमाएको छ । माछापुच्छ्रे बैंकले पाँच महिनामा ८२ करोड ७४ लाख रुपैयाँ नाफा कमाउँदा नेपाल बैंक लिमिटेडले १ अर्ब ५१ करोड रुपैयाँ नाफा नाफा कमाउन सफल भएको छ ।

मंसिर महिनासम्मको तथ्यांक अनुसार नेपाल प्रिमियर लिग (एनपिएल) को मुख्य प्रायोजक रहेको सिद्धार्थ बैंकले १ अर्ब ६४ करोड रुपैयाँ नाफा कमाएको छ । सानिमा बैंकले सो अवधिमा ९० करोड ४१ लाख लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार