
काठमाडौं । सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । आज बिहानसम्मको तथ्यांकअनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।
बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएका बताउँदै सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले पर्यटक आगमन बढेको जानकारी दिए ।
सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए । कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो । सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन प्रायः ठप्प थियो ।
राष्ट्रसंघीय विश्व पर्यटन संगठन (यूएनडब्लुटीओ)को पछिल्लो छ महिनाको तथ्यांकअनुसार कोभिड–१९पछि नेपालको पर्यटन ९६ प्रतिशतले पुनरुत्थान भएको छ । नेपाल प्रिमियर लिग (एनपिएल), विश्व बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय ‘बेलुन’ महोत्सव, ‘ड्रागन बोट’ महोत्सवका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आयोजना भएका मेला र प्रदर्शनीले पनि पर्यटन आगमनमा बढोत्तरी भएको हो ।













समाचार
संविधान दिवसमा नेपाल टेलिकमको अफर, ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा
धितोपत्र बोर्डद्वारा ‘सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा तयार
माघमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ आयोजना हुने, ईभी र्याली र आयोजना स्थल भ्रमण गराइने
एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित
कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन
भोटेकोशी बाढीः ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
२२.५ मेगावाटको जाल्दीगाड आयोजनामा ४ अर्ब ६० करोड लगानी जुट्यो
मधेस, सहकारी मन्त्रालय, काठमाडौँ महानगर र शिक्षा क्षेत्रमा सबैभन्दा धेरै उजुरी : अख्तियार