
काठमाडौं । प्रहरीले काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन बिहीबार प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन तयार पारेर प्रहरीले वकिल कार्यालयमा बुझाएको हो ।
प्रतिवादीहरूबाट १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो दाबी गर्नुपर्ने राय प्रहरीले दिएको छ । त्यसमध्ये लामिछानेले करिब ६ करोड रुपैयाँ ठगी गरेको खुलेको छ । सोही अनुसारको बिगो लामिछानेको नाममा छुट्टाइएको काठमाडौं प्रहरीले जनाएको छ ।
स्वर्णलक्ष्मी सहकारीमा पाँच हजार ६६९ बचतकर्ताले दुई अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ जम्मा गरेको खुलेको थियो । बचतकर्तामध्ये ६९० जनाले प्रहरीमा उजुरी दिएका थिए । उनीहरूकै उजुरीका आधारमा गएको कात्तिक २१ मा सहकारी लेखा समिति सदस्य सुनिता नेवा र कात्तिक २६ मा ऋण उपसमिति सदस्य कमल लामालाई पक्राउ गरेर काठमाडौं प्रहरीले अनुसन्धान थालेको थियो ।













समाचार
सुप्रिम वाइन नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
नेशनल हाइड्रोको स्थगित साधारणसभा नयाँ मिति घोषणा
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर विक्रीमा
आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
होर्मुजमा जहाज आवागमन ठप्प प्रायः, समुद्री सुरक्षाका लागि साउदीको नयाँ पहल
असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता हुने