
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता नै लगानीकर्ताको सुरक्षा रहेको बताएका छन् । आज नेपाल आर्थिक पत्रकार संघ नाफिजको नयाँ कार्यसमितिसँगको भेटका क्रममा अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।
पुँजी बजार निकै ठूलो मार्केट भएको भन्दै यो क्षेत्रमा लागेका लगानीकर्ताको सुरक्षा आफ्नो पहिलो प्राथमिकतामा रहेको उनको भनाइ थियो । ठूलो क्षेत्र भएकाले यहाँबाट रोजगारी सिर्जनादेखि अर्थतन्त्रमा पनि टेवा पुग्ने भएकाले यसको विकास र विस्तारमा ध्यान दिनुपर्ने उनले बताए । ‘सेवोन नियामकीय निकाय हो । यसले सबै लगानीकर्ताको सुरक्षालाई मुख्य प्राथमिकता दिनुपर्छ,’ उनले भने ।
बोर्ड अहिलेसम्म पनि भाडाकै घरमा बसिरहेको अवस्थामा आफ्नै भवन बनाउनेतर्फ पनि आफूले काम गरिरहेको उनको भनाइ छ । दक्ष जनशक्ति र प्रविधिको प्रयोग गरेर पुँजी बजारमा देखिएका समस्याहरुलाई समाधान गर्नेतर्फ आफू लागिरेहेको उनको भनाइ थियो ।













समाचार
बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्या: तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्
करोडौँ खर्चेर बनेको खुट्टीखोला सिँचाइ आयोजना अलपत्र: खेतसम्म पानी नपुग्दा किसान आकाशे पानीकै भरमा
साँझपख झनै चम्कन्छ भानुचोक
याङवरक पोखरी खानेपानी योजना सम्पन्न
दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल
गुराँस लघुवित्तको सेयरमूल्य समायोजन
नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
दोहाेरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज