
काठमाडौं । सेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक राताम्य भएर बन्द भएको छ । गत साता करिब १ प्रतिशतले घटेको सेयर बजार यो साताको पहिलो दिन नै ०.७३ प्रतिशतले घटेर बन्द भएको हो ।
सोमबारको कारोबार बन्द हुँदा नेप्से परिसूचक १९.१३ अंकले घटेर २५९९.५८ विन्दुमा पुगेको छ । पछिल्ला दिनहरुमा लगातार रुपमा घटिरहेको बजार यो साताको सुरुको दिन पनि निरन्तर्ता पाएको छ । आजको कारोबार बन्द हुँदा सेयर बजारमा २२९ कम्पनीको सेयर मूल्य घटेको छ भने ४७ वटा कम्पनीको मात्रै मूल्य बढेको छ । त्यस्तै आज र्दुइ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ३.१७ अंकले घटेर ४५८.१८ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये सबै १३ वटैको सेयर मूल्य घटेको छ । परिसूचक उच्च अंकले घटेको दिन बजारमा ३ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३५० कम्पनीका ८५ लाख ७२ हजार ९७० कित्ता सेयर ५३ हजार १५३ पटक खरिद बिक्री हुँदा ३ अर्ब २३ करोड ९७ लाख ६ हजार ५४९ रुपैयाँको कारोबार भएको छ । आज एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
विश्व अण्डा दिवस : नेपालमा वार्षिक प्रतिव्यक्ति ६९ अण्डा खपत हुँदै
चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल
भेडाच्याङ्ग्रा बिक्री गर्न एक महिना बढी पैदल यात्रा, किसानलाई बजारकै चिन्ता
साता दिनमा झिनो अंकले बढ्यो नेप्से, औषत कारोबार औषतमा ३ अर्बमा सिमित
साता दिनमा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
यस्तो छ शनिबारको मौसम
शनिबारको विनिमयदर : कुन देशको सटहीदर कति ?
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण