
काठमाडौं । पछिल्लो समय हरेक महिना ब्याजदर घटाइरहेका वाणिज्य बैंकहरुले माघ महिनाका लागि ब्याजदर घटाएका छन् । बैंकहरुसँग तरलता बढी भइरहेका कारण पछिल्लो समय हरेक महिना बैंकहरुले ब्याजदर घटाइरहेका हुन् ।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औषतमा ४.६८४५ प्रतिशतविन्दुका दरले ब्याज दिने भएका छन् । यो पुस महिनाको तुलनामा ०.१४९५ प्रतिशतविन्दु कम हो । पुस महिनामा यस्तो मुद्दति निक्षेपमा बैंकहरुको अधिकतम औषत ब्याजदर ४.८३४ प्रतिशतविन्दु थियो ।
व्यक्तिगत मुद्दति निक्षेपमा २० वाणिज्य बैंकमध्ये ११ बैंकहरुले ब्याजदर घटाएसँगै औषत ब्याजदर घट्न पुगेको हो । माघ महिनाका लागि यस्तो मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाउने बैंकहरु, हिमालयन बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स इन्टरनेश्नल बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् ।
यीमध्ये सबैभन्दा बढी ब्याजदर घटाउने बैंक भने हिमालयन बैंक र माछापुच्छ्रे बैंक रहेका छन् । यी दुबै बैंकले ०.५ प्रतिशतविन्दुका दरले ब्याजदर घटाएका हुन् । माघ महिनामा एक बैंकले भने यस्तो निक्षेपको अधिकतम ब्याजदर बढाएको छ । पुस महिनामा सबैभन्दा कम अधिकतम ब्याजदर (४.२५ प्रतिशत) रहेको प्राइम कमर्सियल बैंकले माघ महिनाका लागि भने बढाएर ४.४ प्रतिशत पुर्याएको छ । बैंकले ०.१५ प्रतिशतविन्दुका दरले ब्याजदर बढाएको हो।
समीक्षा अवधिमा संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर पनि घटेको छ । बैंकहरुको यस्तो ब्याजदर औषतमा ०.०६२५ प्रतिशतविन्दु घटेको हो । माघ महिनाका लागि ४ बैंकहरुले संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन् । बाँकी १६ बैंकहरुले भने यस्तो निक्षेपको अधिकतम ब्याजदरमा पुस महिनाकै दरलाई निरन्तरता दिएका छन् ।
माघ महिनाका लागि ग्लोबल आईएमई बैंकले व्यक्तिगत मुद्दतिमा ५.५ प्रतिशत ब्याज दिने छ । त्यसतै नेपाल बैंकले ५.१ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया, नेपाल इन्भेष्टमेन्ट मोगा र एनएमबि बैंकले समान ५÷५ प्रतिशत ब्याज तोकेका छन् । त्यस्तै सिद्धार्थ बैंकले ४.५५ प्रतिशत, सानिमा बैंकको ४.५५ प्रतिशत, प्रभु बैंकको ४.५५ प्रतिशत, नविल बैंकको ४.५५ प्रतिशत र लक्ष्मी सनराइज बैंकको ४.५ प्रतिशत रहेको छ ।
त्यस्तै माघ महिनाका लागि माछापुछ्रे बैंक र सिटिजन बंकले समान ४.५ प्रतिशत, कुमारी बैंकले ४.४३ प्रतिशत र एभरेष्ट बैंकले ४.४ प्रतिशत ब्याज निर्धारण गरेका छन् । त्यस्तै माघका लागि कृषि विकास बैंकले ४.४ प्रतिशत, नेपाल एसविआई बैंकको ४.४ प्रतिशत र स्ट्याण्र्डर्ड चार्टर्ड बैंकको ४.३६ प्रतिशत रहेको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम