
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २५ दशमलव ४१ अंकले घटेको हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २६०९ दशमलव ६७ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार दिनभन्दा ०.९६ प्रतिशतले कम हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये जम्मा ४३ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ भने १९४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापस सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ५५ अंकले घटेर ४४३ दशमलव ९९ विन्दुमा पुगेको छ । त्यस्तै आज १३ उप समूहमध्ये सबैको सेयर मूल्य घटेको छ ।
आइतबार परिसूचसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । आज सेयर बजारमा ३ अर्ब ९९ करोड ७९ लाख ९ हजार ३२३ रुपैयाँ बराबरको कारोबार भएको छ । जबकी बिहीबारको करोबार बन्द हुँदा सेयर बजारमा ७ अर्ब ३० करोडभन्दा माथिको कारोबार भएको थियो ।
आजको कारोबार बन्द हुँदा १ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।













समाचार
सहकारीका ऋणीलाई ११ करोड असुली
पोखरीमा डुबेर दुई किशोरीको मृत्यु
‘विचार, संघर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनलाई समेटेको छ : भण्डारी
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
दसैँ नजिकिएसँगै खुला बजारमा बढ्यो ग्राहकको चाप
सडक दुर्घटनामा घाइतेको उपचार गर्ने दायित्व स्वास्थ्य संस्थाको हुने
गगन थापा कांग्रेस नेतृत्वमा आउनु सकारात्मक कुरा हो – शंकर पोखरेल
होर्मुज जलडमरूमध्यमा सात तेल ट्यांकर इरानको निशानामा, दुई विस्फोट
नेपाल महिला चेम्बरको आयोजनामा ‘चेम्बर बजार’ सुरु
अब पाठ सिकौं, नयाँ पुस्तालाई विश्वास गरौं : बाबुराम भट्टराई