
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको १७ औँ वार्षिक साधारणसभा काठमाडौंको नयाँ बानेश्वरस्थित थापागाउँ ब्याङ्केटमा पुस २८ गते सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८०/८१को नाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको छ दशमलव ३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर समेत) वितरण गर्ने निर्णय पारित भयोे ।
साधारणसभाले मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समितिमा संस्थापक समूहका सेयरधनीहरूको तर्फबाट ३ (तीन) जना यादव अधिकारी, रामहरी शर्मा, सुमनप्रसाद अधिकारी र सर्वसाधारण समूहका सेयरधनीहरूको तर्फबाट एक जना सतिश गौत गरी चार जना सञ्चालकहरूको आगामी चार वर्षका निर्विरोध निर्वाचित गरेको छ ।
वित्तीय संस्थाको रजिस्टर्ड (केन्द्रीय) कार्यालयलाई का.जि., का.म.न.पा. वडा नं. १० बाट ठाउँसारी गरी का.जि., का.म.न.पा. वडा नं. ११ स्थित आफ्नै भवनमा राख्नका लागि प्रबन्धपत्रको दफा २(१) र नियमावलीको नियम २ मा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । मञ्जुश्री फाइनान्सले गत मङ्सिर मसान्तसम्म २१ अर्ब निक्षेप संकलन र साढे १७ अर्ब कर्जा निर्वाह गर्दै आएको छ । फाइनान्सले देशभर २७ वटा शाखा र एक विस्तारित काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।













समाचार
बाढीप्रभावितलाई ‘मोड्युलर’ घर र एकीकृत सहर निर्माण गरी पुनःस्थापना गरिने
अर्बौं लगानी भैसकेका संखुवासभाका चार जलविद्युतको काम रोक्न स्थानीयको दबाब
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
नेप्सेको डेटा सेन्टरकाे समस्यापछि धितोपत्र बोर्डले गठन गर्यो छानबिन समिति
प्रभु बैंकको ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक
‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न
बिजुलीमा लगाइएको भ्याट हटाइने
न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
संयुक्त राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री र प्रतिपक्षी दल कांग्रेसबीच छलफल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १४ अर्ब ८८ करोड पुग्यो