
काठमाडौं । ज्योति विकास बैंकको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ सभाले बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्वमा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्दै, लेखा परीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा९नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका वार्षिक वित्तीय विवरणहरू स्वीकृत गरेको छ । सभाले बैंकको संस्थापक शेयरधनी समूहबाट हरि चन्द्र खड्का, राम कुमार श्रेष्ठ र सन्तोष अधिकारी तथा सर्वसाधारण सेयरधनी समूहबाट ध्रुव कोइराला र नरेश राज आचार्यलाई आगामी ४ वर्षको लागि सञ्चालक समितिको सदस्यमा निर्विरोध निर्वाचित गरिएको छ ।
बैंकले आव २०८१/८२ को लेखापरिक्षणका लागि लेखापरीक्षक नियुक्त गर्ने र बैंकको सहायक कम्पनी, ज्योति क्यापिटल लिमिटेडको आव २०८०/८१ को वित्तीय विवरण पारित गरेको छ । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रहेको छ । यसले १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै नेपालभर ग्राहक सेवा गर्दै आइरहेको छ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम