
काठमाडौं । भारतले इङ्गल्याण्ड विरुद्धको तेस्रो टि–२० क्रिकेट खेलमा जितका लागि १७२ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलिले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७१ रन बनाए पछि घरेलु टोलिले उक्त लक्ष्य पाएको हो ।
भ्रमणकारी टोलिका लागि बेन डकेटले सार्वधिक ५१ रनको पारी खेले । त्यस्तै लियाम लिभिङस्टोनले ४३ रनको योगदान दिए । त्यस्तै कप्ताना जस बटलरले पनि २४ रनको पारी खेले । त्यस्तै आदिल रसिदले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भारतका लागि वरुण चक्रवर्ती एक्लैले ५ विकेट लिए । त्यस्तै हार्दिक पाण्ड्याले २ विकेट लिए । रवि बिश्नोई र अक्षर पटेलले समान १–१ विकेट लिए । पाँच खेलको सिरिजमा भारत २–० ले अघि रहेको छ । यो खेलमा जित निकालेको खण्डमा भारत दुई खेल अगावै सिरिज जित्ने छ । पाहुना टोलिलाई सिरिजमा बनिराख्नका लागि आजको खेल जित्नै पर्ने बाध्यता रहेको छ ।













समाचार
आँधीखोलामाथि झोलुङ्गे पुल निर्माण
आम्दानीको स्रोत बन्यो रातो च्याउ
शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’
एसिसी प्रिमियर कप फाइनलः उपाधिका लागि नेपाल र युएई मैदानमा
आज विश्व प्राथमिक उपचार दिवस
साता दिनमै ६ हजार ४ सय रुपैयाँले घट्यो सुन, तोलाको कति ?
धेरै पछि सेयर बजारमा हरियाली, सातामा १६ अंकको वृद्धि, कारोबार पनि बढ्यो
मनसुनी वायु सक्रिय, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
मधेशमा कर्जा विस्तार र गुणस्तरीय ऋणमा जोड दिँदै सिटिजन्स बैंक