काठमाडौं । सरकारले सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि लिँदै आएको सलामी दस्तुर (आरोहण अनुमति शुल्क) बढाएको छ । पर्यटन विभागका महानिर्देशक नारायणप्रसाद रेग्मीका अनुसार पुस २६ गतेको मन्त्रीपरिषद् बैठकले पर्वतारोहणसम्बन्धी नियमावलीलाई छैटौँ पटक संशोधन गर्दै सलामी दस्तुर वृद्धि गरेको हो ।
‘सरकारले आरोहणका लागि खुला गरिएका ४६१ हिमालको आरोहण अनुमति शुल्क बढाउने निर्णय गरेको छ । यसअघि सगरमाथा आरोहणका लागि विदेशी नागरिकले ११ हजार अमेरिकी डलर शुल्क तिर्दै आएकोमा आगामी भदौदेखि भने १५ हजार डलर लाग्ने भएको छ,’ उनले भने । उचाइ अनुसार अन्य हिमालतर्फको आरोहण शुल्क पनि बढेकाले मन्त्रीपरिषद्ले स्वीकृत गरेको संशोधित नियमावली आगामी ३१ भदौदेखि लागु हुने उनले जानकारी दिए । अब विदेशी नागरिकले सगरमाथा चढ्न करिब २० लाख ६९ हजार रुपियाँ तिर्नुपर्ने छ ।
यसअघि विदेशी आरोहीले सगरमाथा चढ्न करिब १५ लाख तिर्दै आएका थिए । नेपाली नागरिकले भने सगरमाथा आरोहणका लागि डेढ लाख रुपियाँ राजस्व तिर्नुपर्ने छ । यसअघि नेपाली नागरिकले ७५ हजार रुपियाँ शुल्क तिर्दै आएका थिए । विभागका अनुसार सगरमाथा आरोहणका लागि अप्रिल–मे महिना सबैभन्दा उत्तम समय मानिन्छ । सेप्टेम्बर–नोभेम्बरको महिना कम आरोहण हुने याममा सात हजार पाँच सय अमेरिकी डलर र डिसेम्बर–फेब्रुअरीको विरलै चढिने यामका लागि तीन हजार ७५० अमेरिकी डलर शुल्क लाग्ने विभागले जनाएको छ ।
दस्तुर कम हुँदा सगरमाथा चढ्ने धेरै हुने र त्यही कारण सगरमाथालगायतका हिमाली क्षेत्रमा फोहोर, प्रदूषण बढ्नुका साथै अत्यधिक भिड लाग्न थालेपछि सरकारले एक दशकपछि हिमाल चढ्दा लाग्ने दस्तुर बढाउन लागेको विभागले जनाएको छ । हिमाल चढ्ने दस्तुरसँगै सरकारले पर्वतीय पथप्रदर्शक र उचाइमा जाने कामदारलाई आरोहण कम्पनीले दिने दैनिक भत्ता र बिमालगायतका शुल्कमा पनि वृद्धि गरेको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम