
गुल्मी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधारका रूपमा पर्यटन क्षेत्र रहेको बताएका छन् । जिल्लाको मदाने गाउँपालिका–६ स्थित कङ्के देउराली जलाशय र बृहत्तर खानेपानी आयोजनाको आज स्थलगत निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रलाई बलियो बनाउन स्थानीय स्रोतसाधनको सदुपयोग गर्दै पर्यटन प्रवद्र्धन गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएका हुन् ।
उक्त खानेपानी आयोजना गुल्मी, अर्घाखाँची र प्यूठानको भविष्य निर्धारण गर्ने महत्वपूर्ण योजना रहेको बताउँदै मुख्यमन्त्री आचार्यले यसले स्थानीयस्तरमा रोजगारीका अवसर सृजना गर्ने विश्वास व्यक्त गरे । उनले तीनै तहका सरकारले यसलाई साझा आयोजनाका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए । उनका अनुसार प्रदेश सरकारले लुम्बिनीको सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदालाई जोडेर पर्यटन ‘सर्किट’ निर्माण गर्ने योजना अघि सार्दै आएको छ । प्रदेशभित्रका प्रमुख धार्मिक स्थल, पुरातात्विक क्षेत्र, पर्यटकीय गन्तव्य र जैविक विविधता सम्पन्न स्थानहरूलाई आपसमा जोडेर आकर्षक पर्यटन सर्किट निर्माण गर्ने तयारी भइरहेको मुख्यमन्त्री आचार्यले जानकारी दिए । उनले यसबाट आन्तरिक तथा बाह्य पर्यटकलाई लामो समयसम्म प्रदेशमा बस्न प्रेरित गर्ने र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सकिने धारणा राखे ।
‘लुम्बिनी प्रदेश ‘मिनी’ नेपालका रूपमा परिचित छ । यहाँ हिमाल, पहाड, तराईको विविधतायुक्त भुगोल छ । यहाँ रहेका पुरातात्विक सम्पदाहरूको संरक्षण गरेर बाह्य पर्यटकलाई भित्र्याउने मुख्य सङ्कल्प प्रदेश सरकारको छ’, मुख्यमन्त्री आचार्यले भने । पर्यटन क्षेत्रलाई प्रदेशको आर्थिक समृद्धि, रोजगारीका अवसर, जीवनस्तर सुधार गर्ने मेरुदण्डका रूपमा विकास गर्दै लैजाने उनको भनाइ छ ।
‘पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माण, सेवा प्रवाहमा सुधार र समग्र पर्यटकीय गतिविधि प्रवद्र्धनमा जोड दिएका छौँ’, मुख्यमन्त्रीले भने, ‘पर्यटनको क्षेत्रबाट स्थानीयस्तरमा प्रशस्त रोजगारीका अवसर सृजना गर्न सकिन्छ ।’ प्रदेश सरकारले दिगो पर्यटन प्रवद्र्धनमा योजनाबद्ध काम गर्दै आएको बताउँदै नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेको उनले उल्लेख गरे ।













समाचार
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको आग्रह
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको १ करोड १ लाख सहयोग
एमएडब्लू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग
रसुवा बाढी : ९३९ जनाको शव फेला, ३ हजार ९२५ बेपत्ता
रसुवागढीमा बाढीपछि तातोपानी नाका पनि बन्द
एकै दिन अर्थमन्त्रीमार्फत दाताले दिए प्रधानमन्त्री राहत कोषका लागि ६० करोड सहयाेग
मोबाइल बैंकिङ्ग एपबाट सिधै ‘प्रधानमन्त्री राहत कोष’ मा रकम पठाउने व्यवस्था गर्न बैंक तथा बित्तिय संस्थालाइ नेपाल राष्ट्र बैंकको निर्देशन
बालश्रम अन्त्यका लागि सरोकारवालाहरु बीच सहकार्यमा जोड
रास्वपा सभापति रवि लामिछाने र राष्ट्रपति पौडेलबिच भेट रसुवा बाढीको बारेमा ब्रिफिङ
सन्दीपको सानदार बलिङमा नेपालको सहज जित