
काठमाडौं । आर्सनलले म्यानचेष्टर सीटीलाई फराकिलो अन्तरले पराजित गरेको छ । गए राति भएको खेलमा आर्सनलले सिटीलाई ५–१ ले हराएको हो ।
यो जितसँगै आर्सनलले शीर्ष स्थानको लिभरपुलको सँगको दूरीलाई पुनः घटाएको छ । आर्सनललाई जित दिलाउन मार्टिन ओडेगोर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे । ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरे । ५५ औं मिनेटमा हालान्डले बराबरी गोल गर्दैै सिटीलाई खेलमा फर्काए । तर त्यसको एक मिनेटमै पार्टेले गोल गर्दैै आर्सनललाई अघि बढाए। त्यसपछि सिटी सम्हालिन सकेन ।
स्केलीले ६२ औं मिनेटमा गोल गरे। आर्सनलका लागि सिनियर लेभलमा यो उनको पहिलो गोल हो । ७६ औं मिनेटमा हार्भेट्ज र इन्ज्युरी समयको तेस्रो मिनेटमा नोनेरीले गोल गरेपछि आर्सनलको जित सहज बन्यो ।
२४ खेलमा दोस्रो स्थानको आर्सनलको ५० अंक छ । एक खेल कम खेलेको लिभरपुलको ५६ अंक छ । सिटी ४१ अंकसहित चौथो स्थानमा छ। सोमवार वेस्ट ह्यामलाई हराउन सके चेल्सी चौथो स्थानमा उक्लनेछ ।













समाचार
पदभार ग्रहण गर्दै उद्योगमन्त्रीले भने- जनताको आवश्यकता जति ग्यास दिनैपर्छ
उद्योगमन्त्री साहले लिए शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
सरकारको अनुमान : रसुवा बाढीको क्षति पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड चाहिने
बाढीले क्षति पुर्याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान
बलर चम्किदा नेपाल एसीसी प्रिमियर कपकाे फाइनमा
मध्यावधि निर्वाचनअघि ट्रम्पको घोषणा– वयस्कलाई ५ हजार डलर ‘लाभांश’
उद्योगी–व्यवसायीलाई लाञ्छित गर्ने उद्योगमन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक: महासंघ
कालिञ्चोक दर्शनले बोनस सेयर वितरणपश्चात हकप्रद जारी गर्ने
झण्डै १४ अंकले घट्यो नेप्से, कारोबार ४ अर्बमा सिमित