
काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै भारत लगातार दोस्रो पटक आइसिसी यु–१९ महिला टि ट्वान्टी विश्व कपको च्याम्पियन बनेको छ । आइतबार मलेसियाको बायोमास ओभलमा सम्पन्न फाइनलमा दक्षिण अफ्रिकामाथि भारतले ९ विकेटको सहज जित निकालेको हो ।
दक्षिण अफ्रिकाले दिएको ८३ रनको सामान्य लक्ष्य भारतले ११.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । भारतका लागि अविजित रहेका गोंगडी त्रिशाले सर्वाधिक ४४ रन जोडिन् । उनले ३३ बलमा ८ चौका प्रहार गरिन् । सानिका चल्केले २२ बलमा ४ चौकाको सहयोगमा नट आउट २६ रन बनाइन् ।
दक्षिण अफ्रिकाका लागि कायला रेनेकेले १ विकेट लिइन् । त्यसअघि बायोमास ओभलमा टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा गुमाउँदै ८२ रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिकाका लागि मिकी भान वुस्र्टले सर्वाधिक २३ रन जोडिन् । ओपनर जिम्मा बोथा १६, फे काउलिङ १५ र काराबो मेसो १० रनमा आउट भइन् । भारतका लागि गोंगडी त्रिशाले ३, वैष्णवी शर्मा, परुनिका सिसोडिया र आयुषी शुक्लाले समान २ तथा शबनम शाकिलले १ विकेट लिइन् । पहिलो संस्करणमा इङ्ग्ल्याण्डलाई हराउँदै भारत च्याम्पियन भएको थियो ।
यो विश्वकपमा नेपालको यु १९ टिमले पनि सहभागिता जनाएको थियो । पहिलो पटक प्रतिस्पर्धा गरेको नेपाल यु १९ ले समूह चरणका तीनै खेल गुमाएको थियो । नेपाल यु १९ ले प्लेअफमा भने टोलीले मलेसियालाई पराजित गरेको थियो ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व