
सुर्खेत । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीमा बजेट खर्च बढाउने गरी काम गर्न सुझाव दिएका छन् । कर्णाली प्रदेशसभाको सातौँ स्थापना दिवस–२०८१ को अवसरमा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उनले लक्ष्यअनुसार चालु आर्थिक वर्षको बजेट खर्च खर्च गर्न सबै निकाय गम्भीर भएर लाग्न उनले आग्रह गरेका हुन् ।
‘बजेट खर्च किन हुन सक्दैन । यस विषयमा बेलैमा ध्यान दिउँ र यहाँको विकासमा निम्ति सबै एकजुट भएर लागौँ । पर्याप्त स्रोतसाधन छैन तर भएकै स्रोत पनि खर्च गर्न सक्दैनन् भनेर प्रश्न उठ्न दिनुहुँदैन’, प्रदेश प्रमुख जोशीले भने । उनले विकास सबैको साझा मुद्दा भएकाले एकताबद्ध भई जाँगरका साथ अगाडि बढे परिवर्तनको अनुभूति गराउन सकिने धारणा राखे । ‘यहाँ थुप्रै सम्भावना छन् । पेट्रोलियम पदार्थको सम्भावनाका बारेमा पनि चर्चा भइरहेको छ । यसर्थ यी सबै सम्भावनालाई साकार गर्न सबै दल, कर्मचारी र सरोकार भएकाहरू दत्तचित्त भएर लाग्नुपर्छ’, प्रदेश प्रमुख जोशीले भने ।
प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कानुनी दायित्व सिर्जना भएका आयोजनामा प्रदेश सरकारले चालु आवमा ७० प्रतिशत बजेट विनियोजन गरेको बताए । विगतका काममा ढिलाई गरेका केही निर्माण व्यवसायीबाहेक सबै सम्पर्कमा आएर काम अगाडि बढाइएको उनले जानकारी दिए । मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले बजेट कार्यान्वयनलाई प्राथमितामा राखेर योजना अगाडि बढाएको बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजकुमार शर्माले नेपाली जनताको त्याग र सङ्घर्षबाट प्राप्त संविधान र व्यवस्था कार्यान्वयनका लागि पनि साझा बुझाई आवश्यक भएको बताए । समन्वयात्मक प्रणालीअनुसार संघीयता कार्यान्वयन गर्ने भनिए पनि केन्द्रीकृत मानसिकताले प्रदेश सरकार प्रभावित हुँदा अपेक्षित गति नदेखिएको उनको भनाइ थियो ।
कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङ र उपसभामुख यशोदा न्यौपाने प्रदेशसभाका सात वर्षमा भएका गतिविधि, सरकार, सदनबीच सम्बन्ध र उपलब्धिका विषयमा आफ्नो भनाइ राखे । प्रदेश सकारका मन्त्रीहरू, प्रदेशसभा सदस्य, उच्च अदालत सुर्खेतका वरिष्ठ न्यायाधीश कृष्णलाल भट्टराई, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव लोकनाथ पौड्याललगायत सहभागी कार्यक्रम प्रदेशसभाको स्मारिका विमोचन गरिएको थियो ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?
पञ्चकन्या माई हाइड्राको वित्तीय अवस्था : करिब ७ करोडको नोक्सानी पुरा गरि ६ करोड ६८ लाख नाफामा
२८८ प्रतिशतले बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, अन्य सूचक कस्ता ?
अन्तर्राष्ट्रिय हवाई भाडा कम गर्न माग
देशका विभिन्न भागमा सडकमा यातायात प्रभावित, कुन कुन राजमार्गमा रोक ?
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट