
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिक डलर र पाउन्डको मूल्य बढेको छ भने युरोको मूल्य घटेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३९ रूपैयाँ २० पैसा र बिक्रीदर १३९ रूपैयाँ ८० पैसा कायम भएको छ । अघिल्लो दिनको एक अमेरिकी डलरको खरिददर १३८ रूपैयाँ २८ पैसा र बिक्रीदर १३८ रूपैयाँ ८८ पैसा रहेको थियो । त्यस्तै आज युरोपियन युरो एकको खरिदर १४२ रूपैयाँ ५२ पैसा र बिक्रीदर १४३ रूपैयाँ १३ पैसा कायम भएको छ । अघिल्लो दिन युरो एकको खरिददर १४३ रूपैयाँ ३१ पैसा र बिक्रीदर १४३ रूपैयाँ ९३ पैसा रहेको थियो ।
आज युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७१ रूपैयाँ २६ पैसा र बिक्रीदर १७२ रूपैयाँ निर्धारण भएको छ । अघिल्ला दिन पाउन्ड एकको खरिददर १७१ रूपैयाँ ३७ पैसा र बिक्रीदर १७२ रूपैयाँ ११ पैसा रहेको थियो । आज स्वीस फ्र्याङ्क एकको खरिदर १५१ रूपैयाँ ७७ पैसा र बिक्रीदर १५२ रूपैयाँ ४३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिदर ८५ रूपैयाँ ४५ पैसा र बिक्रीदर ८६ रूपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिदर ९४ रूपैयाँ ७२ पैसा र बिक्रीदर ९५ रूपैयाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिदर १०१ रूपैयाँ ७४ पैसा र बिक्रीदर १०२ रूपैयाँ १८ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर ९ रूपैयाँ र बिक्रीदर ९ रूपैयाँ ०४ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रूपैयाँ २० पैसा र बिक्रीदर १९ रूपैयाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २७ पैसा, कतारी रियाल एकको खरिदर ३८ रूपैयाँ १८ पैसा र बिक्रीदर ३८ रूपैयाँ ३५ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिदर ४ रूपैयाँ ०९ पैसा र बिक्रीदर ४ रूपैयाँ ११ पैसा, युएई दिराम एकको खरिदर ३७ रूपैयाँ ९० पैसा र बिक्रीदर ३८ रूपैयाँ छ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३१ रूपैयाँ ११ पैसा र बिक्रीदरट ३१ रूपैयाँ २४ पैसा, दक्षिण कोरियन वन १०० को खरिदार ९ रूपैयाँ ४९ पैसा र बिक्रीदर ९ रूपैयाँ ५३ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १२ रूपैयाँ ३९ पैसा र बिक्रीदर १२ रूपैयाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रूपैयाँ १० पैसा र बिक्री दर १९ रूपैयाँ १८ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रूपैयाँ ८६ पैसा र बिक्रीदर १७ रूपैयाँ ९४ पैसा, कुवेती दिनार एकको खरिदर ४५० रूपैयाँ ४६ पैसा र बिक्रीदर ४५२ रूपैयाँ ४० पैसा, बहराइन दिनार एकको खरिदर ३६९ रूपैयाँ २२ पैसा र बिक्रीदर ३७० रूपैयाँ ८१ पैसा, ओमनी रियाल एकको खरिदर ३६१ रूयैयाँ ५७ पैसा र बिक्रीदर ३६३ रूपैयाँ १३ पैसा निर्धारण भएको छ । यस्तै, भारतीय रूपैयाँ १०० को खरिदर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।












समाचार
सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती
यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर बाँडफाँड
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत
एभरेष्ट बैंकको नाफा ५ अर्ब ७ करोड, वितरणयोग्य मुनाफा कति ?
ग्लोबल आइएमई बैंकको नाफा उछाल, अधिकांश सूचक सकारात्मक हुदाँ लाभांश क्षमता कति ?
एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुन्छ : मन्त्रालय
३३ प्रतिशतले बढ्यो नबिल बैंकको नाफा, लाभांश क्षमता कति ?
बेनी–जोमसोम सडक रातिमा बन्द
‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै