बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन 

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि सरकारले सिफरिस समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बैशाख ८ को निर्णयअनुसार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा डा. घनश्याम उपाध्याय सदस्य र बीमा विज्ञ डा. फत्तबहादुर केसी विज्ञ सदस्य रहेका समिति गठन गरिएको हो ।

नियमित रुपमा पूर्णकालीन काम नहुँदा प्राधिकरणमा नियामनको कैयौं कामहरु अलपत्र परेको छ । डा. गुणाकर भट्टको संयोजकत्वममा बनेको समतिले तीन जनाको नाम सिफारिस गर्नेछ । तीन जनामध्ये सरकारले एक जनालाई चार बर्षे कार्यकालको लागि अध्यक्षमा नियुक्त गर्नेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार