
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४ जना संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ११ लाख बढी कित्ता सेयर बिक्रीमा राखेका छन् । कम्पनीले कुल ११ लाख २५ हजार ३४४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
संस्थापक सेयरधनी बोध प्रसाद त्रिपाठीले ५ लाख २५ हजार कित्ता, नन्द किशोर शर्माले ३ लाख २० हजार २४१ कित्ता, गौरव शारडाले २ लाख ७२ हजार ८४४ कित्ता र दिनेश प्रसाद श्रेष्ठले ७ हजार २८६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । कम्पनीले हाल सूर्यज्योति लाइफकै संस्थापक सेयरधनीहरूले मात्रै खरीद गर्न पाउने गरि सेयर बिक्रीमा राखेको हो । इच्छुक सेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको थापाथलीस्थित एनआईसी एशिया क्यापिटल लिमिटेडमा आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाएर शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।
तोकिएको समयावधिभित्र कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूबाट सो सेयर खरीदका लागि बोलपत्र पेश नभएमा प्रचलित नियमानुसार अन्य व्यक्ति÷संस्थालाई सेयर बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ ।













समाचार
नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने
करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा, शुक्रबार १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुने
लालीगुराँस र मनास्लु सेमिफाइनलमा
करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ
ट्रम्पको हेलिकप्टर यात्रुवाहक विमानसँग अत्यन्त नजिक पुगेको घटना छानबिनमा
आयल निगमको कार्यकारी निर्देशकमा साह नियुक्त
अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण आवश्यक : अध्यक्ष अग्रवाल
लोअर ठुलोखोला जलविद्युत आयोजना निर्माणका लागि नेपाल बैंक र चितवन इनर्जीबीच कर्जा सम्झौता
नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि पाँच जना परे संक्षिप्त सूचीमा, २५ गते अन्तर्वार्ता हुने
सूचीकृत कम्पनीहरूलाई असोज मसान्तभित्र वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको निर्देशन