
काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको छ । बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । देशको तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।
आज कोशी प्रदेशमा दिउँसो आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै मधेस प्रदेशमा दिउँसो आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
बागमती प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी र तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । गण्डकी प्रदेशमा पनि आज दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ ।
लुम्बिनी प्रदेशमा दिउँसो आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । कर्णाली प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
सुदूरपश्चिम प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै